रेणु दाहाललाई कुनै पनि शंका नहुनेगरी सहयोग गर्नुहोस् : देउवा « Khabarhub

रेणु दाहाललाई कुनै पनि शंका नहुनेगरी सहयोग गर्नुहोस् : देउवा


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रेणु दाहाललाई कुनै पनि शंका नहुनेगरी सहयोग गर्न कांग्रेस नेता कार्यकर्तालाई आग्रह गरेका छन् । चितवनमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले चितवनको भरतपुर महानगरको मेयरमा रेणुलाई शंका नहुनेगरी सहयोग गर्न आग्रह गरेका हुन् । 

‘रेणु दाहालजीलाई कुनै पनि शंका नहुनेगरी सहयोग गर्नुहोस् । उहाँले पाँच वर्षमा गरेको विकास हेर्नुहोस् । त्यसका लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु,’ देउवाले भने, ‘बेरुजु नहुने एक मात्र नगरपालिका भरतपुर हो । अरु नगरपालिकामा धेरै बेरुजु छ ।’

रेणुले भरतपुरमा गरेको विकास देखेर आफू निकै खुसी भएको उनको भनाइ छ । प्रधानमन्त्रीसमेत रहेका देउवाले रेणुले मेयरमा अहिले नै चुनाव जितिसकेको बताए । 

आफ्नै पार्टीले बखेडा झिकिरहेको भन्दै उनले भने, ‘उहाँले जितिसक्नु भएको छ । तर, के गर्ने मेरै पार्टीका साथीहरूले बखेडा झिक्नुभएको छ ।’

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ५ : ०० बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको