सन्दीपले मागे रेनुलाई भोट « Khabarhub

सन्दीपले मागे रेनुलाई भोट


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बिहीबार भरतपुरमा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त कार्यक्रम शीर्ष नेताहरू गठबन्धनका उम्मेदवारहरूलाई सघाउन चितवनवासीलाई अनुरोध गरिरहेका छन् । 

त्यही भिडमा देखिए कलाकार सन्दीप क्षेत्री पनि । उनले पनि कार्यक्रममा सहभागिता जनाउदै भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार बनेकी रेनु दाहालको पक्षमा भोट मागेका छन् । आफू कुनै पनि पार्टीको साधारण सदस्य समेत नरहेको बताउँदै सन्दीपले भोट मागेका हुन् । 

क्षेत्रीले दाहाललाई जितका लागि शुभकामना समेत दिए। ‘मेरो पितृको आशिष लागोस्, तपाईंले गर्न खोजेका सबै कामका निम्ति शुभकामना दिन चाहन्छु,’ उनले भने, ‘ तर यो भन्दै फेरि भन्छु, म कुनै पार्टीको मान्छे होइन ।’ आफू अन्य कार्यक्रमको लागि चितवन पुगेता पनि रेनुको लागि कार्यक्रम छ भन्ने थाहा पाएपछि आएको बताए । ‘मलाई पनि आउँ-आउँ लाग्यो र कार्यक्रम आए ’ सन्दीपले भने । 

कार्यक्रममा पुग्नु अगाडि आफ्नो आमालाई फोन गरेर सल्लाह लिएर मात्र आएको समेत उनले प्रस्ट्याए । ‘कार्यक्रममा आउनुभन्दा अगाडि आमालाई फोन गरेर सोधेँ । आमाले भन्नुभयो तैँले देशका लागि बोल्ने हो । त्यो केटीले देशका लागि काम गरिरहेकी छ, बोल्दा केही फरक पर्दैन । त्यसपछि म यहाँ आएको हुँ’ सन्दीपले भने । 

सन्दीप इभेन्ट आयोजक गृहेन्द्र घिमिरेसँग नजिक भएकाले पनि उक्त कार्यक्रममा पुगेको चर्चा सामाजिक सञ्जालमा छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ६ : ११ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको