बागमती र गण्डकीमा बिहानै वर्षा, दिउँसो यी ६ प्रदेशमा हुँदैछ वर्षा  « Khabarhub

बागमती र गण्डकीमा बिहानै वर्षा, दिउँसो यी ६ प्रदेशमा हुँदैछ वर्षा 


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बागमती र गण्डकीका केही क्षेत्रमा बिहानै वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा बनेको न्यून चापीय प्रणालीका कारण वर्षा भइरहेको हो ।

उपत्यकाको आकाश बदलीले ढाकेको छ केही क्षेत्रमा फाट्टफुट्ट पानी परिरहेको छ ।

दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकीका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति  पनि प्रदेश १ , बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

शनिबार पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १ र बागमतीका पहाडी भूभागका एक वा दुई  स्थानमा वर्षा हुने ठानिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ६ : ४७ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको