सत्ता गठबन्धनको चुनावी सभा आज काठमाडौँमा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने « Khabarhub

सत्ता गठबन्धनको चुनावी सभा आज काठमाडौँमा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाँच दलीय सत्ता गठबन्धनले आज (शुक्रबार) काठमाडौँ उपत्यकामा संयुक्त चुनावी सभा गर्दैछ।

हिजो (बिहीबार) भरतपुरमा चुनावी सभा गरेको गठबन्धनले आज दिउँसो २ बजे काठमाडौँको भृकुटीमण्डपमा सभा गर्न लागेको हो ।

सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

काठमाडौँ महानगरपालिकामा गठबन्धनबाट कांग्रेस नेतृ सृजना सिंह मेयरमा उम्मेदवार छिन् भने ललितपुर महानगरमा पनि कांग्रेसकै चिरिबाबु महर्जन उम्मेदवार छन् ।

बिहीबार भरतपुरमा आयोजित चुनावी सभामा माओवादी केन्द्रकी नेतृ रेणु दाहाललाई मेयरमा जिताउन आह्वान गरेका गठबन्धनका नेताहरुले आज काठमाडौँमा सभा गर्न लागेका हुन् ।

कांग्रेसले यसअघि २१ वैशाखमा मोरङको विराटनगरमा सभा गरिसकेको छ । विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार बनेका छन्।

कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दैछ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ७ : १० बजे

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम

उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवार बन्ने

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५