युक्रेनमाथि रुसको आक्रमण र यमनको युद्ध। यी दुवै विषय संसारमा चर्चित छन्। यी घटनामा धेरैले ज्यान पनि गुमाए। यस बीचमा एक भाग्यमानी भारतीय जोडी देखिए। जो यी दुवै घटनामा साक्षी भए। सुरक्षित हुँदै घर पनि फर्किए। दुवै घटनामा यो जोडीले मुस्किलले ज्यान जोगाए। चार महिनाको अवधिमा दक्षिण भारत केरेला यो जोडीले यसको अनुभव गरेको हो।
जनवरी महिनामा रेड सीमा हाउथी विद्रोहीले नागरिक कार्गो जहाज अपहरण गर्दा चालक दस्ताका ७ जना पनि अपहरणमा परेका थिए। यी नै मध्यका एक थिए, २६ वर्षीय अखिल रेगु। युक्रेनमा चिकित्सा विज्ञानको अध्ययन गरिरहेकी उनकी २३ वर्षीय श्रीमती जिथिना जयकुमारले सरकारी अधिकारीसँग इमेल गर्ने तथा फोन सम्पर्क गर्ने कामलाई निरन्तरता दिएकी थिइन्।
दुवै जोडी फर्किए पनि दुखका दिन भने सकिएका छैनन्। जय कुमारका बाबु क्यान्सर रोगको उपचार गराइ रहेका कारण दुवै जना त्यसै उपचारमा संलग्न छन्।
रुसले फेब्रुअरी महिनामा युक्रेनमा आक्रमण गरेपछि उनी अर्को समस्यामा परिन्। लामो सङ्घर्षपछि उनी देशमा फर्किएका छन्। रेगु र उनका सहकर्मी भने १ सय १२ दिने बन्दी जीवन बिताएपछि गत साता फुकुवा भएका छन्।
दुवै जोडी फर्किए पनि दुखका दिन भने सकिएका छैनन्। जय कुमारका बाबु क्यान्सर रोगको उपचार गराइ रहेका कारण दुवै जना त्यसै उपचारमा संलग्न छन्।
‘गएको चार महिना मृत्यु र जीवनको दोसाँधमा परेको कुरा म वर्णन नै सक्दिन’, जय कुमारले भनेकी छिन्। अगस्टमा यी दुई विवाह बन्धनमा बाँधिएका थिए। त्यसको एक महिनापछि रेगु संयुक्त अरब इमिरेट्सको कार्गो जहाज डेक क्याडेट कम्पनी वार्बेमा काम गर्न थालेका थिए। जय कुमार पनि आफू छैटौँ वर्षको अध्ययन गरिरहेकी किभ मेडिकल कलेजमा पुगिन्।
२ जनवरी २०२२ को बिहानै वार्बेमा विस्फोट भएको आवाज आएको थियो। ‘४० साना डुङ्गामा आएका मानिसले जहाजलाई घेरेका थिए। यसपछि हामीले जहाज छाड्यौ र अपहरित भयौँ,’ त्यस दिनको घटना सम्झँदै अपहरित मध्यकै श्रेजिथ सजीवन भन्छन्। सजिवन जहाजमा इन्धन भर्ने काम गर्छन्। उनी रेगुका मिल्ने साथी पनि हुन्। त्यस घटनाले रेगुले पनि आफू आघात भएको महसुस गरेका छन्।
यसले साउदी अरेबियातर्फ सैन्य सामग्री लिएर गएको आशङ्कामा हाउथी विद्रोहीले जहाज अपहरण गरेका थिए। साउदीको साथ पाएको सरकारी निकाय र विद्रोही बीचको युद्धले सात वर्षको समय सीमा पार गरिसकेको छ। सजीवनले बताए अनुसार हरेक १५ दिनमा अपहरणकारीले सानाको होटेल र जहाजमा ओसार पसार गर्थे।
सुरुका दुई महिनासम्म अपहरितलाई २५ दिनमा एक पटक घरमा कुरा गर्ने अवसर दिइएको थियो। त्यसपछि योक्रम झरेर १५ दिनमा एक पटक कुरा गर्ने अवसर दिइएको थियो।
‘हामीलाई एउटा बाथरुममा राखिएको थियो। त्यहाँ भन्दा बाहिर ननिस्कन पनि हामीलाई आदेश थियो। त्यस मेनु कार्डमा भएको कुनै पनि कुरा खानका लागि भने हामीले अर्डर गर्न पाउँथ्यौ।’अपहरणमा परेको समयको स्मरण गर्दै सजीवन बताउँछन्। उनीहरू प्राय कोठा भित्रै रहन्थे। जहाजको यताउति लाग्दा कहिलेकहीँ भने राम्रैसँग प्रकाश पनि छिर्ने गरेका थियो।
हाउथीको नियन्त्रणमा रहेको साना सहरमा समय समयमा हुने विस्फोटको आवाजले उनीहरूलाई पनि आतङ्कित बनाइ रहेको हुन्थ्यो। ‘टिभीमा देखे अनुसार हामी बसेको होटेलमा १ सय मिटर टाढाको स्थानमा विस्फोट भएको रहेछ,’ सजीवनले भने।
सुरुका दुई महिनासम्म अपहरितलाई २५ दिनमा एक पटक घरमा कुरा गर्ने अवसर दिइएको थियो। त्यसपछि योक्रम झरेर १५ दिनमा एक पटक कुरा गर्ने अवसर दिइएको थियो।
‘जब हामीले परिवारसँग सम्पर्क गर्न सुरु गरेका थियौँ। यसपछि महसुस भयो कि यो एउटा कठिन र गम्भीर परिस्थिति थियो। अब के गर्ने भन्ने बारेमा हामीले अनुमान नै गर्न सकेका थिएनौ’ सजीवनले भने।
सुरुवातका दिनमा विद्रोही एकदमै आक्रोशित भए पनि विस्तारै सबैसँग रमाइलो वातावरणमा घुलमिल गर्न थालेका थिए। विद्रोही समूहमा एक जना अङ्ग्रेजी भाषा जान्ने पनि थिए। उनले नै दुई पक्षको बीचमा कुराकानी गराउँथे।
किभमा रहेकी जयकुमारले आफ्नो श्रीमान्ले फोनको जवाफ नफर्काएपछि केही खराब भएको अनुमान गरेकी थिइन्। त्यहीँ कम्पनीमा काम गर्ने जेठाजुबाटै उनले श्रीमान् भएको जहाज अपहरणमा परेको खबर पाएकी थिइन्।
यसपछि तत्कालै जयकुमारले भारतीय अधिकारीसँग सम्पर्क गर्दै सहयोगका लागि अपील गरेकी थिइन्। जब युक्रेनमा लडाइँ सुरु भयो जयकुमार उनका साथीसँगै बङ्करमा लुक्न गएकी थिइन्। भारतीय युक्रेन छाडी रहेको समयमा जयकुमारको ध्यान भने यमनमा नै थियो।
मार्चको दोस्रो सातामा जयकुमार युक्रेन छाड्न सफल भइन्। उनी सुरुवातमा रेलमार्फत् हंगेरी पुगेकी थिइन् भने त्यसपछि विमान चढेर भारत गइन्। घर पुगे पछि पनि उनले आफ्नो श्रीमानलाई छुटकारा दिलाउन अनवरत प्रयास गरिन्।
उता, यमनमा रहेका श्रीमान् पनि युक्रेनमा रुसी हमला भएपछि चिन्ताले ग्रस्त थिए। ‘जब हामीले परिवारसँग सम्पर्क गर्न सुरु गरेका थियौँ। यसपछि महसुस भयो कि यो एउटा कठिन र गम्भीर परिस्थिति थियो। अब के गर्ने भन्ने बारेमा हामीले अनुमान नै गर्न सकेका थिएनौ’ सजीवनले भने।
मार्चको दोस्रो सातामा जयकुमार युक्रेन छाड्न सफल भइन्। उनी सुरुवातमा रेलमार्फत् हंगेरी पुगेकी थिइन् भने त्यसपछि विमान चढेर भारत गइन्। घर पुगे पछि पनि उनले आफ्नो श्रीमानलाई छुटकारा दिलाउन अनवरत प्रयास गरिन्।
जीबाउटीका लागि भारतीय राजदूत रामचन्द्रन चन्द्रमाउलीले उनको रिहाइका लागि सहयोग गरेका थिए। अहिले यमनको राजधानी सानाको दूतावासको काम पनि जिबाउटीबाट भइरहेको छ। जय कुमारकै अनुसार चन्द्रमाउलीले केही समय लागे पनि उनी रिहाइ हुने जनाए सबैसबै जनाले राहतको महसुस गरेका थिए।
यस समयमा उनीहरू दुब्लाएका छन्। आँखाको वरपर दाग बसेका छन्। जयकुमार अहिले पनि त्यो विगत सम्झँदै आफूले कसरी त्यो लामो समय कटाएको भन्ने अनुमान नै गर्न कठिन हुने बताउँछिन्।
अप्रिल महिनामा साउदी नेतृत्वको गठबन्धन र विद्रोहीको बीचमा रामदानको अवसर पारेर दुई महिने युद्ध विरामभयो। त्यसै समयमा भारत सरकारले ओमान र अन्य सरकारको सहयोगमा रिहाइ गर्ने काममा सफलता पायो।
श्रीमान्ले आफ्नै सेल नम्बरबाट कल गरेपछि जयकुमारलाई उनी रिहाइ भएकोमा विश्वास लागेको थियो। गत साता उनी घर आइपुगे। श्रीमतीलाई आफूले किनी दिएको नेकलेस मात्र ल्याएका छैनन्। यमनको परम्परागत गहना पनि अपहरणकारीसँग दोस्ती भएपछि उनले उपहार पाएका थिए। यस समयमा उनीहरू दुब्लाएका छन्। आँखाको वरपर दाग बसेका छन्। जयकुमार अहिले पनि त्यो विगत सम्झँदै आफूले कसरी त्यो लामो समय कटाएको भन्ने अनुमान नै गर्न कठिन हुने बताउँछिन्।
यमनमा जारी गृह युद्धमा थुप्रै हृदय विदारक र पीडादायी घटना भएका छन्। अपहरण र हत्या सामान्य भएको छ। धेरै जसो पानी जहाजमा सैन्य सामग्री ओसारिने भएका कारण अपहरण हुने गरेका छन्। तर, औषधि उपचारका सामग्री लगायत अति आवश्यक अन्य सामग्री भएका कार्गो पनि अपहरणमा पर्ने गरेका छन्।
अपहरणको लगत्तै हाउथी प्रवक्ता साहा सारेयले जहाजमा रहेका थुप्रै देशका कामदार सुरक्षित रहेको जानकारी गराइसकेका थिए। सन् २०१९ मा पनि यसैगरी अपहरण भएको थियो। सो समयमा एक साउदी जहाज र दुई कोरियाली जहाज अपहरणमा परेका थिए।
जनवरीमा अपहरित त्यो कार्गोमा औषधि राखिएको थियो। यो संसारकै व्यस्त समुद्री मार्ग हो। स्वेज नहर तर्फ जाने यो नहर व्यावसायिक रूपले पनि महत्त्वपूर्ण मानिन्छ।
अपहरणको लगत्तै हाउथी प्रवक्ता साहा सारेयले जहाजमा रहेका थुप्रै देशका कामदार सुरक्षित रहेको जानकारी गराइसकेका थिए। सन् २०१९ मा पनि यसैगरी अपहरण भएको थियो। सो समयमा एक साउदी जहाज र दुई कोरियाली जहाज अपहरणमा परेका थिए। अन्तर्राष्ट्रिय सञ्चार माध्यममा यमनको दुरावस्थाले धेरै स्थान नपाए पनि त्यहाँको स्थिति कम विरक्त लाग्दो छैन। संयुक्त राष्ट्र सङ्घको तथ्याङ्क अनुसार सन् २०१५ देखि नोभेम्बर २०२१ सम्ममा कम्तीमा ५६ हजारको ज्यान गएको छ। २८ मिलियन भोकमरीको समस्याले आक्रान्त छन्। हैजाको प्रकोपबाट पनि यो देश त्यत्तिकै प्रभावित छ।
यो दुरावस्थाको बीचमा समाचारमा नआएका यस्ता थुप्रै पीडाजन्य घटना छन्। यस बीचमा यो भारतीय दम्पती र यिनीहरूले गरेको सङ्घर्षको कथा पनि कम्ती पीडादायी छैन।
प्रतिक्रिया