हिटलरको मूलबारे आफ्ना विदेशमन्त्रीको आधारहीन दाबीप्रति पुटिनको क्षमा याचना « Khabarhub

हिटलरको मूलबारे आफ्ना विदेशमन्त्रीको आधारहीन दाबीप्रति पुटिनको क्षमा याचना


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो विदेशमन्त्रीको विवादास्पद र आधारहीन दाबी प्रति क्षमा मागेका छन् ।

जर्मन तानाशाह एडोल्फ हिटलर यहूदी मूलको रहेको भन्ने रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभको दाबीप्रति क्षमा मागेको इजरायली प्रधानमन्त्री नफ्तलाइ बेन्नेटले जानकारी दिएका छन् ।

बेन्नेट र पुटिनबीच भएको टेलिफोन वार्ताका क्रममा राष्ट्रपति पुटिनले क्षमा मागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि लाभ्रोभले इटालीको रेटे ४ च्यानललाई दिएको अन्तरवार्तामा हिटलर यहूदी मूलका भएको दाबी गरेका थिए ।

‘जब उनीहरु भन्छन् – यदि हामी यहूदी हौँ भने यो कस्तो किसिमको नाजीकरण हो ? – साँच्चै भन्दा मेरो विचारमा हिटलर पनि यहूदी मूलका थिए, त्यसैले यसको कुनै मतलब छैन ।’ लाभ्रोभले अन्तरवार्तामा भनेका थिए ।

लाभ्रोभले आधारहीन दाबीलाई लिएर इजरायलले आक्रोशले पोखेको थियो । इजरायली विदेशमन्त्री याइर लापिडले लाभ्रोभको दाबीले नाजी जर्मनीद्वारा यहूदीहरूको नरसंहारको अवमूल्यन गरेको भन्दै यो ‘अक्षम्य’ भएको टिप्पणी गरेका थिए ।

हिटलरले आफ्नो शासनकालमा ६० लाख यहूदीहरुको आम नरसंहार गरेका थिए । यसकारण विश्वको एकमात्र यहूदी मुलुक इजरायलमा हिटलर र नाजी सत्ताद्वारा यहूदीमाथि गरिएको दमनलाई निकै संवेदनशील विषयका रुपमा लिने गरिन्छ ।

पछि रुसी विदेशमन्त्रालयले इजरायलले ‘नव नाजीहरु’को समर्थन गरेको आरोप लगाएको थियो ।

यता पुटिनको क्षमा आफूले स्वीकार गरेको बेन्नेटले बताएका छन् । साथै यहूदी धर्मावलम्बी र नाजी नरसंहारबारे आफ्नो धारणा स्पष्ट पारेकोमा बेन्नेटले धन्यवाद समेत दिएको जनाइएको छ ।

पछिल्लो समय युक्रेनमा जारी रुसी आक्रमणमा पनि इजरायलले मध्यस्थता गर्न खोजिरहेको समाचार सार्वजनिक भएको थियो ।

यद्यपि अघिल्लो महिना अरब आक्रमणकारीले गराएका श्रृङ्खलाबद्ध आक्रमण भएपछि इजरायलको चासो मोडिएको रोयटर्सले जनाएको छ ।

तर पछिल्ला केही दिनमा बेन्नेटले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र पुटिनसँग टेलिफोन वार्ता गरेबाट इजरायलले फेरि मध्यस्थताको प्रयास अघि बढाएको हुनसक्ने अर्थमा लिइएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १२ : ०७ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो