स्वप्नसँग ज्योत्स्नाले गरिन् विवाह « Khabarhub

स्वप्नसँग ज्योत्स्नाले गरिन् विवाह


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्स्ना योगीले विवाह गरेका छन् । दुवैले गत बुधवार पारिवारिक समारोहमा वैदिक विधि अनुसार जीवनसाथी बन्ने कर्मकाण्ड पूरा गरेका हुन् । 

डेढ दुई वर्षयताको प्रेमलाई दुवैले विवाहमा रूपान्तरण गरेका हुन् ।  महामारीयताका थुप्रै इभेन्टमा स्वप्न सुमन र ज्योत्स्नालाई सँगै देखिन्थ्यो । 

सन् २०१२ बाट कभर गीत गाउँदै गायनमा प्रवेश गरेका स्वप्न सुमनले  ‘म तिम्रो’, ‘दी कफी सङ’, ‘के सारो राम्री भाको’, ‘ए हेलो’, ‘थाहै भएन’, ‘जाने कुरा नगर’ जस्ता गीत गाएका छन् । यही गीतहरू मार्फत स्वप्न चिनिएका हुन् । 

ज्योत्स्ना योगीले पनि कभर सुटसँगै म्युजिक भिडियो मोडलको रुपमा करिअर अगाडि बढाएकी हुन् । ‘हाम्रो मिलन’, ‘फ्लर्टी माया’, ‘तिमी नै तिमी’, ‘समय’ आदि गीतमा मोडलिङ गरेकी उनले ‘म त तिम्रै हुँ’ शीर्षकको फिल्मबाट डेब्यु गरेकी थिइन् ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १२ : ३५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना