यस्तो छ सौगात र दयाको ‘२ नम्बरी’ लुक्स « Khabarhub

यस्तो छ सौगात र दयाको ‘२ नम्बरी’ लुक्स


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दीपेन्द्र लामाको निर्देशनमा छायांकनरत फिल्म ‘२ नम्बरी’ मा रहेका कलाकारहरू सौगात मल्ल र दयाहाङ राईको लुक्स सार्वजनिक भएको छ । फिल्ममा दुई साथीको भूमिकामा छन् । पात्रको लुक्स पनि उस्तै देखिएको छ ।

यी दुई रहेको भिडियो र फोटो सार्वजनिक भएसँगै सामाजिक सञ्जाल र टिकटकमा भाइरल भइरहेको छ । फिल्मको पात्रलाई लुकाउन नसक्नु फिल्म निर्माताको कमजोरी हुँदै आएको छ ।

छायांकन सेटमा सर्व सुलभ रुपमा मोबाइल प्रयोग गर्न पाइने भएकाले पनि पात्रको लुक्स फिल्म आउँदासम्म नयाँ हुँदैन । सौगात र दयाको ग्याङस्टर लुक्सको हेयरस्टाइल देख्न सकिन्छ ।

कास्कीको ल्वाङ गाउँमा फिल्म छायांकन भइरहेको छ । छायांकनपछि निर्माण युनिट राजधानी फर्किने तयारीमा छ । फिल्ममा सौगात र दयासँगै उगेन छोदेन  र उपासनासिंह ठकुरीको मुख्य भूमिका छ । मित्रताको कथा पेश गर्ने फिल्म आगामी कात्तिक ४ गते रिलिजको तयारीमा छ । फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १ : ३३ बजे

सरकार र दुर्गा प्रसाईंको समूहबीच वार्ता सुरु

काठमाडौं- नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

टोकियो- पूर्वी जापानको चिबा प्रिफेक्चरमा गत साता परेको कीर्तिमानी मुसलधारे

अन्नपूर्णद्वारा दिवङ्गत पर्वतारोही पुर्जाको सम्मानमा शालिक बनाउने

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दिवङ्गत कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स)

रेडक्रसको जग्गा खरिदमा हिनामिना, पूर्वअध्यक्ष सञ्जीव थापासहित ५ जना पक्राउ

काठमाडौं- नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रक्रियामा करोडौँ रुपैयाँ अनियमितता