जिम्बाब्वे 'ए' सँग नेपाल ३ विकेटले पराजित | Khabarhub Khabarhub

जिम्बाब्वे ‘ए’ सँग नेपाल ३ विकेटले पराजित


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल जिम्बाब्वे ‘ए’ सँग ३ विकेटले पराजित भएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल जिम्बाब्वे ‘ए’ सँग पराजित भएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ३१ ओभर ३ बलमा समेटिदा मात्र १ सय ३६ रन बनाउन सफल भएको थियो । नेपालका लागि सोमपाल कामीले ३० र करन केसीले २५ रन जोडे ।

कुशल भुर्तेलले १९ रन र दीपेन्द्र सिंह ऐरीले १८ रन बनाए । नेपाललाई सस्तैमा समेट्न जिम्बाब्वे ‘ए’ का ब्राड इभान्सले ४ र ब्राण्डन मभुटाले २ विकेट लिए ।

१ सय ३७ रनको लक्ष्य जिम्बाब्वे ए ले २६ ओभरमा ७ विकेट गुमाएर भेटायो । उसको जितमा इनोसेन्स काईआले ४८ रन र सेफास जुवाओले ३२ रन जोडे । नेपालका लागि सन्दीप लामिछाने र करन केसीले २–२ तथा सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिए ।

सिरिज अन्तर्गतको दोस्रो एक दिवसीय खेलमा नेपाल र जिम्बाब्वे ‘ए’ भोलि बिहान साढे ९ बजे भिड्नेछन् । तेस्रो खेल भने बैशाख २६ गते हुनेछ ।

यसअघि दुई देशबीच सम्पन्न भएको टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले एउटामा जित र अर्कोमा हार व्यहोरेको थियो । एक टी–ट्वान्टी खेल भने वर्षाका कारण रद्द भएको थियो ।

अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरुप नेपालले जिम्बावे ए टोलीसँग सिरिज खेल्न लागेको हो ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ३ : ०२ बजे

बैतडीका अट्तीस खानेपानीका मुहानमा ‘कोलिफर्म’

बैतडी – बैतडीमा ३८ खानेपानीका मुहानमा ‘कोलिफर्म’ भेटिएको छ ।

छाउगोठ भत्काउने विशेष अभियान सञ्चालन गर्न प्रशासनको अनुरोध

कञ्चनपुर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाका नौवटै पालिकालाई छाउगोठ

राजर्षि जनक विश्वविद्यालयको सिनेट : ३७ करोड ९३ लाख बजेट स्वीकृत

काठमाडौं – राजर्षि जनक विश्वविद्यालयको आगामी आर्थिक वर्षका लागि रु

कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा

मोरङ – कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना

संविधान संशोधनका लागि कांग्रेस र एमालेलाई प्रचण्डको भरोसा !

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई मुख्य एजेन्डा