डीआईजी लामा एआईजीमा बढुवा सिफारिस « Khabarhub

डीआईजी लामा एआईजीमा बढुवा सिफारिस


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) वसन्तकुमार लामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् ।

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको शुक्रबार बसेको बैठकले रिक्त रहेको एआईजी पदमा लामालाई बढुवा सिफारिस गरेको हो ।

समितिको बैठकको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको समितिका सदस्य–सचिव प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।

उनी हाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् । आगामी ८ जेठमा उनी ५६ वर्षे उमेर हदका अनिवार्य अवकाश पाउनेछन् ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ६ : ०४ बजे

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी