अर्जेन्टिना, ब्राजिल र भेनेजुएलाले रुसमाथि लगाइएका प्रतिबन्धको समर्थन नगर्ने « Khabarhub

अर्जेन्टिना, ब्राजिल र भेनेजुएलाले रुसमाथि लगाइएका प्रतिबन्धको समर्थन नगर्ने


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ल्याटिन अमेरिकी मुलुकहरू अर्जेन्टिना, ब्राजिल र भेनेजुएलाले रुसमाथि लगाइएका प्रतिबन्धको समर्थन नगर्ने भएका छन् ।

रुसी समाचार संस्था तासले जनाएअनुसार रुसको राजधानी मस्कोमा रहेका ती मुलुकका नियोगले रुसमाथि लगाइएका प्रतिबन्धको समर्थन नगर्ने जनाएका हुन् ।

एक भर्चुअल कार्यक्रममा रुसका लागि अर्जेन्टाइन राजदूत एदुआर्दो एन्टोनियो जुइनेले यस्ता प्रतिबन्धहरु अर्थहीन रहेको बताएको तासले जनाएको छ ।

त्यस्तै, रुसका लागि ब्राजिलका राजदूत रोड्रिगो बाइना सोआरेसले पनि खाद्य सुरक्षालाई असर पार्ने भएकाले ब्राजिलले पनि यस्ता प्रतिबन्धको समर्थन गर्न नसक्ने बताए । उनले ब्राजिल ल्याटिन अमेरिकामा रुसको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको समेत बताए ।

त्यस्तै, रुसका लागि भेनेजुएलाका राजदूत कार्लोस रफायल फारिया टोर्टोस्टाले क्युबा र निकारागुवाजस्तै आफ्नो मुलुकपनि प्रतिबन्धबीच बाँचिरहेको भन्दै रुसमाथिको प्रतिबन्धलाई समर्थन गर्न नसकिने बताएको तासले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ७ : १२ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको