पुरानो गीतमा नयाँ स्वाद ‘छ भनुँ की छैन भनुँ’ « Khabarhub

पुरानो गीतमा नयाँ स्वाद ‘छ भनुँ की छैन भनुँ’


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक सचिन रौनियारले गीत ‘छ भनुँ की छैन भनुँ’ को भिडियो दर्शकमाझ ल्याएका छन् । 

काठमाडौँमा एक समारोहकाबीच शुक्रबार यो गीतको भिडियो विभिन्न अग्रज कलाकारहरूबाट सार्वजनिक गरियो । यो गीतको भिडियोलाई कार्टुन क्रिउले बनाएको हो । कार्टुन क्रिउका सरोज अधिकारी, आश्मा विश्वकर्मा र विभिन्न कलाकारको अभिनय रहेको यो गीतको भिडियोमा बियोगान्त कथा छ । यस अघि कैयौं भिडियोमा नृत्य प्रस्तुत गर्दै आएका आश्मा र सरोज यसपटक नृत्यबाट निकै पर हटेर यस भिडियोमा ससक्त अभिनयमा प्रस्तुत भएका छन् । 

नृत्य कलाकारको रुपमा आफूहरूलाई हेरेर पनि यो गीतबाट दर्शकले आफूहरूको मूल्यांकन पूर्ण कलाकारको रुपमा गर्ने विश्वास आश्माले कार्यक्रममा व्यक्त गरिन् । यस्तै अभिनेता मोडल सरोज अधिकारीले आफूहरू नृत्य जस्तै अभिनयबाट पनि दर्शकको मन जित्न सक्छौँ भन्ने कुरालाई पुष्टि गर्न पनि यो गीतमा अभिनय गरेको बताए । गीतको भिडियोलाई सरोज र सरिन पोखरेलले निर्देशन गरेका हुन् । भिडियोमा संकल्प भुजेलको छायांकनसुरज अधिकारीको सम्पादन रहेको छ । 

सचिनकै स्वरमा २३ वर्ष अघि रेकर्ड भएर श्रोता माझ आएको यो गीतलाई अहिले फेरी उनकै स्वरमा रेकर्ड गरिएको हो । पुन संगीत संयोजन गरेर यो गीतलाई रेकर्ड गरिएको यसका संगीतकार न्ह्यु बज्राचार्यले कार्यक्रममा बताए । यो गीतलाई अहिले प्रकाश मिश्रले मिक्सिङ र अजय कार्कीले रेकर्डिङ गरेका हुन् । 

सो गीतबारे बोल्दै बज्राचार्यले भने,‘अहिले गम्भिर भावको गीत के चल्ला  जस्तो लागेको थियो । तर यो गीत पुन रेकर्ड गरेर भिडियो बनाएपछि यती राम्रो भयो की सबैले मन पराउनु भएको छ ।’अग्रज गीतकार भिम विरागले लेखेको यो गीतको संगीत आफूले १० मिनटमै त्यतिबेला ट्युनिङ गरेको पनि उनले सुनाए ।

तीन दशक भन्दा लामो समयदेखि गायनमा सक्रिय सचिनले यो गीतको बारेमा भने,‘ हुन त म सँग डान्सिङ प्याटनको रोमान्टिक नयाँ गीत थियो, तर पनि सरोज र आस्माले यो गीत सुनेपछि यसमै भिडियो बनाउने चाहना व्यक्त गरे ।’ 

सोही कारण २३ वर्षपछि यो गीतलाई पुन संगीत संयोजन र रेकर्डिङ गरेर श्रोतामाझ ल्याएको गायक रौनियारले बताए । गीतको भिडियो रिलिज समारोहमा बोल्दै अग्रज गायक संजय श्रेष्ठले धेरै अघि सुनेको यो गीत अहिले फेरी रेकर्ड भएर आउँदा अझ मिठो बनेको बताए । गायनमा सचिनले दिएको निरन्तरता लोभलाग्दो भएको उनले प्रकाश पारे ।

सो समारोहमा सँगीतकार शुभ बहादुर सुनाम, ड्रमर देव राना, गायिकाद्वय सुक्मित गुरुङ, देविका बन्दना, नायिकाद्वय शनी रौनियार, रोशनी केसी, गायकहरू जेम्स प्रधान, गणेश थापा, सुनिल उप्रेती, कविन्द्र श्रेष्ठ, शशी गुरुङ, फिल्म निर्देशक मिलन चाम्स, सुब्रतराज आचार्य, एरेन्जर भुपेन्द्र बज्राचार्यलगायतका विभिन्न अतिथिहरू थिए । 

गीतकार तथा सञ्चारकर्मी नरेश भट्टराईले गायक सचिन रौनियारको गायन यात्राबारे कार्यक्रममा प्रकाश पारेका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  २ : ३६ बजे

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौँ– राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्

हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

हङकङ– सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत