ब्याससँग अकेशाको ‘उदाएर आयौँ तिमी’ (भिडियो) | Khabarhub Khabarhub

ब्याससँग अकेशाको ‘उदाएर आयौँ तिमी’ (भिडियो)


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सूर्य एन श्रेष्ठ निर्देशित फिल्म  ‘लाइफ इन एलए’ को गीत सार्वजनिक गरिएको छ । 

आगामी जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउने फिल्मको शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत रिलिज गरिएको हो । ‘उदाएर आयौँ तिमी’ बोलको गीतमा फिल्मका मुख्य कलाकार ब्यास बिस्शु र अकेशा बिष्टलाई फिचर्ड गरिएको छ । प्रविसा अधिकारी र प्रताप दासको स्वर रहेको गीतमा प्रतीक पौडेलको संगीत छ । गीत रिलिज कार्यक्रममा शिल्पा मास्के, निलम चन्द, लोकेन्द्र लेखक एसोसिएट निर्देशक दीपक वली लगायतको उपस्थिति रहेको थियो ।

त्रिकोणात्मक प्रेमकथा ‘लाइफ इन एलए’ मा ब्यास बिस्स, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, निलम चन्द, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । यसमा एलिसा कार्की र प्रतीक पौडेलको संगीत र प्रताप दास, प्रविसा अधिकारी र कविता श्रेष्ठको स्वर छ ।

ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । फिल्मको अमेरिका पार्टको छायांकन क्रिस वारेन र एडवर्ड युकेन गरेका हुन्, भने नेपालको पार्ट बाबु श्रेष्ठले खिचेका हुन् । 

भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  २ : ४९ बजे

सर्वोच्चले माग्यो ओली र लेखकको पासपाेर्ट रोक्का गर्नुको लिखित जवाफ

काठमाडौं– सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतको

बर्सातले खेतमै सड्न थाल्यो धान

भोजपुर– निरन्तरको वर्षाले भोजपुरका किसानको वर्षभरको मेहनत र पसिनामा क्षति

दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सुरु

नेपालगञ्ज– दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ आजदेखि नेपालगञ्जमा सुरु भएको

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ–  केही दिनदेखि परेको वर्षाका कारण लमजुङ/मनाङ जोड्ने एकमात्र बेँसीसहर चामे

मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार

काठमाडौं– म्याग्दीबाट धवलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धवलागिरि चक्रीय