हुम्लामा हिमपात, जनजीवन प्रभावित | Khabarhub Khabarhub

हुम्लामा हिमपात, जनजीवन प्रभावित


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लामा हिमपात भएको छ । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले गएरातिदेखि जिल्ला सदरमुकाम सिमकोटलगायत क्षेत्रमा हिमपात सुरु भएको जानकारी दिए ।

पाण्डेयका अनुसार सिमकोटमा दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ ।

जिल्लामा हिमपात भएसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या भएको प्र्रजिअ पाण्डेयले बताए । जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ ।

जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ । हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा संभावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ८ : ०० बजे

इन्डोनेसियामा पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु, पाँच सयभन्दा बढीको उद्धार

काठमाडौं- इन्डोनेसियाको सुलावेसी टापुमा एक पानीजहाजमा आगलागी हुँदा तीन जनाको

नारायणगढको पार्किङ समस्या व्यवस्थापन गर्दै महानगर

नारायणगढ– भरतपुर महानगरपालिकाअन्तर्गत मुख्य बजार क्षेत्र नारायणगढलगायत विभिन्न स्थानमा पार्किङ

केरुङमा फसेका नेपालीको उद्धार गर्न आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन

१० लाखभन्दा बढीको क्यासिनो खोल्नेको विवरण वित्तीय जानकारी इकाइमा दिनुपर्ने

काठमाडौं– १० लाख रुपैयाँ भन्दा बढीको क्यासिनो खेल्ने व्यक्तिको विवरण

तेह्रथुमको चुहानडाँडामा ट्याक्सी दुर्घटना, सातजना घाइते

काठमाडौं- तेह्रथुमको चुहानडाँडामा सोमबार दिउँसो ट्याक्सी दुर्घटना हुँदा सातजना घाइते