हराएको एक सातापछि भारतीय सैनिक विमानको भग्नावशेष चीनको सीमा नजिक भेटियो « Khabarhub

हराएको एक सातापछि भारतीय सैनिक विमानको भग्नावशेष चीनको सीमा नजिक भेटियो


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– एक साताअघि १३ यात्री सहित हराइरहेको भारतीय वायुसेनाको विमानको भग्नावशेष चीनको सीमा नजिक फेला परेको छ  ।विमानको भग्नावशेष चीनको सीमा नजिक अरुणाचल प्रदेशमा फेला परेको भारतीय अधिकारीले जनाएका छन् ।

भारतीय वायुसेनाको तत्कालीन सोभियत संघमा निर्मित एन्टोनोभ एएन ३२ सैनिक विमान गत जुन ३ बाट हराइरहेको थियो । विमानमा चालक दलका ८ सदस्य तथा ५ सर्वसाधारण थिए । भारतीय वायुसेनाले ट्वीटरमार्फत जनाएअनुसार विमानको भग्नाबशेष मङ्गलबार करिब १२ हजार मिटरको उचाईमा भेटिएको हो ।

विमानको भग्नावशेष भेटिएसँगै विमानमा सवार यात्रुको अवस्थाबारे वास्तविकता पत्ता लगाउन प्रयास भइरहेको भारतीय वायुसेनाले जनाएको छ । वेपत्ता विमानको खोजी प्रयासमा कठिनाई भएपछि भारतीय अधिकारीले विमानको अवस्थाबारे सूचना ल्याउने व्यक्तिलाई पाँच लाख ५० हजार भारतीय रूपैँयाको पुरस्कार घोषणा गरेको थियो ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ८ : २० बजे

अमेरिकी हतियार भण्डारमा एक हजार इन्टरसेप्टर क्षेप्यास्त्र बाँकी

काठमाडौं– एउटा प्रतिष्ठित संस्थाले इरानविरुद्ध युद्ध लडिरहेको अमेरिकी सेनासँग एक

काठमाडौंमा ‘कर्मा समूह’को लुटपाट आतंक अन्त्य, नाइकेसहित पाँचजना समातिए

काठमाडौं- राजधानी उपत्यकामा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा अन्य बहुमूल्य

सत्ताका लागि एमालेमा किचलो : शेरधन खटाएर हिक्मतमाथि दबाब बढाउँदै केपी ओली, हटाउन दुईतिहाइको अड्चन

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउन अध्यक्ष केपी

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम– धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति सुरक्षा

युवा नेताले सुरू गरे ‘देश र कांग्रेस जोड्ने अभियान’, साउन २० मा एकता भेला

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित