चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड आज पोखरा जाँदै « Khabarhub

चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड आज पोखरा जाँदै


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’आज पोखरा जाँदै छन् । त्यहाँ उनले पाँच दलीय गठबन्धनले गर्ने संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बिहान १० बजे प्रचण्ड पोखरा जाने बताए । हिजो प्रचण्डले मधेस प्रदेशको राजधानी रहेको जनकपुर उपमहानगरपालिका र सांस्कृतिक नगरी मिथिला नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।

त्यहाँ उनले मधेसी जनताले डेढ दशकदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी समस्या समाधानका लागि पहल गर्ने पनि बताएका थिए ।

संविधान संशोधन गरेर मधेसी जनताका जायज मागहरूलाई सम्बोधन गर्ने तर स्थानीय तह निर्वाचनमा मत भने पाँच दलीय गठबन्धनका उम्मेदवारलाई दिएर विजयी गराउन प्रचण्डले आह्वान गरेका थिए ।

प्रचण्ड गठबन्धन दलका उम्मेदवारहरूलाई विजयी गराउन भन्दै देशका ठाउँठाउँमा गठबन्धन दलहरूले आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न पुग्ने गरेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ७ : ४९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्