निर्वाचन तयारीबारे जानकारी दिँदै ओली « Khabarhub

निर्वाचन तयारीबारे जानकारी दिँदै ओली


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान साढे १० बजे पत्रकार सम्मेलन गर्दैछन्।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय रहेको तुलसीलाल अमात्य स्मृति भवनमा पत्रकार सम्मेलन गरेर निर्वाचनको तयारीलगायत विषयमा ओलीले जानकारी दिन लागेका हुन् ।

उनी नेतृत्वको एमालेले निर्वाचन केन्द्रित चुनावी सभा देशका अधिकांश ठाउँमा गरिसकेको छ । सर्वाधिक उम्मेदवार एमालेले नै स्थानीय तह निर्वाचनमा खडा पनि गरेको छ । उम्मेदवारलाई मत दिएर विजयी गराइदिन उनले मतदाताहरूलाई आह्‍वान गर्दै आएका छन्।

२०७४ सालमा भएको निर्वाचनमा एमाले पहिलो दल बनेको थियो । यस पटक भने चुनौती थपिएको छ । कारण, एमालेविरुद्ध कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धन छ।

गठबन्धनमा दोस्रो, तेस्रो, चौंथो र पाँचौं दल छन् । ओलीले पाँच दल मिलेर बनेको गठबन्धनलाई ‘मिलेर खान बनेको गठबन्धन’को संज्ञा दिने गरेका छन् । तर, पनि एमाले पहिलो दल बन्ने उनको दाबी रहँदै आएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ९ : ५६ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा