उपल्लो मुस्ताङमा स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन « Khabarhub

उपल्लो मुस्ताङमा स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहजरूपमा आधुनिक स्वाथ्योपचारको सेवा पाउन नसकेका उपल्लो मुस्ताङका बासिन्दालाई सोवारिग्पा उपचार विधिमार्फत निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) र सोवा रिग्पा एशोसिएशन अफ नेपालको संयुक्त आयोजनामा लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा तीन हप्तासम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा करिब एक हजार ७५० जनाको स्वास्थ्य परीक्षण गर्नुकासाथै औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । शिविरमा सोवारिग्पाका ११ चिकित्सक तथा आम्चीहरु सहभागी थिए ।

वातावरण तथा जैविक विविधताको संरक्षण गरी स्थानीय जडीबुटीहरुको सम्बद्र्धन गर्ने उद्देश्यले दुबै गाउँपालिकाका प्रत्येक वडामा जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको एशोसिएशनका अध्यक्ष डा (आम्ची) तेन्जिङ धार्के गुरुङले जानकारी दिए। उनका अनुसार कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, आमा समूहका पदाधिकारी, गाउँका मुखिया र विद्यालयका शिक्षक तथा विद्यार्थीको सहभागिता थियो ।

एशोसिएशनले केही वर्षयता वर्षेनी यस किसिमका स्वास्थ्य शिविर र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । जलवायु परिवर्तनको प्रभावका कारण उच्च हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी विस्तारै लोप हुँदै गएको अवस्थामा तिनको संरक्षण र त्यसका लागि वातावरणीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने गण्डकी प्रदेशका सांसद इन्द्रधर बिष्टले बताए ।

कार्यक्रममा लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका निर्वतमान अध्यक्ष राजु विष्ट र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्टले पनि सोवारिग्पा प्राकृतिक उपचार विधिलाई विस्तार गर्न पालिकाहरूले सक्दो सहयोग गर्ने बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ११ : ०१ बजे

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ घाइते

एजेन्सी– इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक आपसमा

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन राख्न सिफारिस

कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन आह्वानका सिफारिस गरिएको

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि वन्यजन्तुलाई समस्या

ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु

मध्यविन्दु– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिका–७ हरियाली जङ्गल

पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

काठमाडौं– सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे पनि