जुत्ता–चप्पल निर्यातकर्ताले पाउने भए ३ प्रतिशत क्यास ब्याक « Khabarhub

जुत्ता–चप्पल निर्यातकर्ताले पाउने भए ३ प्रतिशत क्यास ब्याक


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले जुत्ता चप्पलहरुको निर्यातमा ३ प्रतिशत नगद अनुदान दिने भएको छ । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयले जुत्ता–चप्पललाई निर्यातमा अनुदान दिने व्यवस्था गरेको हो । उक्त व्यवस्था अनुसार जुत्ता चप्पल निर्यात गर्ने उद्योगीहरुले अब निर्यातको ३ प्रतिशत नगद अनुदान पाउने छन् ।

जुनसकै मुद्रामा निर्यात भएपनि त्यसको ३ प्रतिशत रकम उद्योगीले अनुदान स्वरुप फिर्ता पाउने मन्त्रालयले जनाएको छ । ५० प्रतिशत ‘भ्यालु एड’ गर्ने निर्यातजन्य उद्योगहरुलाई ५ प्रतिशत नगद अनुदान र ३० प्रतिशत भन्दा बढी भ्यालुएड गर्ने उत्पादन निर्यातमा ३ प्रतिशत नगद अनुदान दिने सरकारी व्यवस्था छ । उक्त व्यवस्था अनुरुप जुत्ता चप्पल उद्योगलाई ३० प्रतिशत भन्दा बढी र ५० प्रतिशतभन्दा कम भ्यालुएड गर्ने उद्योगको रुपमा मन्त्रालयले सूचीकृत गरेको हो ।

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसनले सकारको उक्त निर्णय स्वागत योग्य भएको प्रतिक्रिया दिएको छ । एशोसियसनका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले उक्त व्यवस्थाले उद्योगीहरुलाई जुत्ता–चप्पलको निर्यात बढाउन उत्साहित बनाएको बताए ।

यसैबीच सरकारले भारततर्फको निर्यातमा नगद अनुदान प्राप्त गर्ने उत्पादनहरुको सूचिमा ६ वटा नयाँ वस्तु थपेको छ । सुचीअनुसार अब प्रशोधित अलैँची, मह, अदुवा, सुठो र बेसार भारतमा निर्यात गर्दा नगद अनुदान प्राप्त हुन्छ । यसैगरी तरकारी र फलफूल समेत निर्यात गर्दा नगद अनुदान पाइने भएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ९ : ०३ बजे

स्टेडियममा शाकिरालाई ‘किस’ खाएको भिडियो भाइरल: वास्तविकता के हो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत डालस रङ्गशालामा अर्जेन्टिना र

रास्वपा महाधिवेशन : बाहिर भोट माग्दै समर्थक, भित्र आजै चुनावको तयारी

चितवन– चितवनमा आयोजित रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि चुनावको

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौं– काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ

विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’

काठमाडौँ – विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेसी

प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमा परिवारसहितको तस्बिर सार्वजनिक