स्टेडियममा शाकिरालाई ‘किस’ खाएको भिडियो भाइरल: वास्तविकता के हो ? « Khabarhub

स्टेडियममा शाकिरालाई ‘किस’ खाएको भिडियो भाइरल: वास्तविकता के हो ?


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत डालस रङ्गशालामा अर्जेन्टिना र अस्ट्रियाबीचको खेल हेर्न पुगेकी चर्चित कोलम्बियन गायिका शाकिरासँग जोडिएको एउटा भिडियो क्लिपले सामाजिक सञ्जालमा ठूलै खैलाबैला मच्चायो ।

टेलिभिजन लाइभ प्रसारणका क्रममा एक व्यक्तिले ४९ वर्षीया गायिकालाई जबरजस्ती किस खाएको (चुम्बन गरेको) र उनी असहज देखिएको भन्दै फ्यानले चिन्ता व्यक्त गरे पनि पछि त्यो घटना केवल एउटा सुन्दर पारिवारिक क्षण मात्र रहेको खुलेको छ ।

सोमबार डालस स्टेडियमको भीआईपी सुइटबाट शाकिराले लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले अस्ट्रियालाई २–० ले हराएको खेल हेरिरहेकी थिइन् । र्‍यापर बर्न ब्वासँग मिलेर विश्वकप २०२६ को आधिकारिक एन्थम गाएकी ‘हिप्स डन्ट लाई’ स्टार शाकिरालाई जब मैदानको ठूलो स्क्रिनमा देखाइयो, दर्शकले उनको भव्य स्वागत गरेका थिए ।

तर, घरमै बसेर खेल हेरिरहेका फ्यान भने लाइभ प्रसारणको एउटा दृश्य देखेपछि झस्किए । शाकिराको देब्रेतर्फ बसेका एक व्यक्तिले उनीमाथि झुकेर काँधमा हात राख्दै गालामा चुम्बन गरेका थिए । सो क्रममा शाकिरा केही पछि सरेको र असहज देखिएको दाबी गर्दै सामाजिक सञ्जाल ‘एक्स’मा फ्यानले “के शाकिरा ठिक छिन् ?” भन्दै प्रश्न उठाउन थालेका थिए । कतिपयले त ती व्यक्तिले शाकिरामाथि जबरजस्ती गर्न खोजेको भन्दै आक्रोशसमेत पोखे ।

तर, वास्तविकता बाहिर आएपछि फ्यानको त्यो चिन्ता राहतमा बदलियो । शाकिरालाई गालामा किस खाने अरू कोही नभएर उनकै १३ वर्षीय जेठा छोरा मिलान थिए । शाकिरा आफ्ना दुई छोरा- १३ वर्षीय मिलान र ११ वर्षीय सासाका साथ खेल हेर्न पुगेकी थिइन् । दुवै छोरा शाकिरा र उनका पूर्वसम्बन्धित पार्टनर एवं स्पेनी फुटबलर जेरार्ड पिकेका हुन् ।

खेलका क्रममा कालो टिसर्ट र सेतो क्याप लगाएका मिलानको अनुहार टोपीका कारण स्पष्ट नदेखिएकाले फ्यानमाझ भ्रम पैदा भएको थियो । मिलानले झुकेर आमालाई माया गर्दा झुक्किएर शाकिराको कपालमा अलिकति तानिन पुगेको र त्यसैले गर्दा शाकिराको अनुहारमा क्षणिक असहजता देखिएको बुझिएको छ । यो तथ्य खुलेपछि सामाजिक सञ्जालमा भइरहेको गलत हल्ला र फ्यानको चिन्ता शान्त भएको छ ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ११ : ४४ बजे

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

आज साउन १५, नेपाली समाजमा खीर खाने चलन

काठमाडौँ– आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । परापूर्वकालदेखि

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र