निर्वाचनमा खटिने सुरक्षाकर्मीको निधन भएमा परिवारलाई २० लाख सहयोग | Khabarhub Khabarhub

निर्वाचनमा खटिने सुरक्षाकर्मीको निधन भएमा परिवारलाई २० लाख सहयोग

घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले स्थानीय तहको निर्वाचनका लागि  सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा निजका आश्रित परिवारलाई रु २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । 

गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन अवधिभर सुरक्षामा खटिने म्यादी प्रहरीसहित सुरक्षाकर्मीको मृत्यु भएमा निजका आश्रित परिवारलाई रु २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।  

उक्त सहायता नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग तथा म्यादी प्रहरीको  हकमा लागू हुनेछ । त्यस्तै बैठकले निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारमा लागेको खर्च पनि सरकारले व्यहोर्ने निर्णय भएको गृहमन्त्रीको भनाइ  उद्धृत गर्दै प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए।

 बैठकले हिमाली जिल्लामा खटिने म्यादी प्रहरीका लागि प्रहरी जवानसरह जिल्लागत दररेटअनुसार रासनभत्ता उपलब्ध गराउने निर्णय पनि गरेको उहाँको भनाइ थियोे

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १ : ४१ बजे

इरान आक्रमण बारे ट्रम्पले लेखे संसद्लाई पत्र

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक केन्द्रमा गरेको

फार्स न्युज भन्छ, ‘इरान-इजरायल युद्ध विरामको कुरा झुटो हो’

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामको घोषणा गरे

इरानले भन्यो, ‘इजरायलले आक्रमण नरोकेसम्म युद्धविराम हुन सक्दैन’

तेहरान – इजरायलले गरिरहेको आक्रमण नरोकेसम्म आफूहरूलाई युद्धविराम स्वीकार्य नहुने

ट्रम्पको युद्धविराम घोषणाले तेहरानमा रोकिएन इजरायली आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल-इरान युद्धविराम घोषणा गरे

तेलुगु नायक विजयविरुद्ध मुद्दा दायर

काठमाडौं – तेलुगु नायक विजय देवरकोन्डाविरुद्ध मुद्दा दायर भएको छ