आइटम डान्सको बारेमा बोलिन् समन्था « Khabarhub

आइटम डान्सको बारेमा बोलिन् समन्था


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘पुष्पा’ मा अल्लु अर्जुनसँग नृत्य गरेकै कारण चर्चामा आइन सामन्था रुथ प्रभु ।

 प्राय सोझी युवतीको  भूमिकामा देखिरहेकी सामन्थाले फिल्मको आइटम नम्बर ‘ओ अन्वा’ मा आफूलाई ग्ल्यामर अवतारमा प्रस्तुत गरेकी थिइन् । सामन्थाको मन मोहक स्टाइल र उनको डान्स मुभले सबैलाई नाचौँ नाचौँ बनायो । यो फिल्मको एक मात्र गीत थियो जसमा सामन्था देखिएकी थिइन् तर उनको पारिश्रमिक पूरै फिल्मको पारिश्रमिक बराबर छ भन्ने चर्चा पनि भयो ।

यस किसिमको ग्ल्यामर भूमिका नगरेकी समन्थाले एक म्यागजिनसँग कुराकानी गर्दै आफू एक्ट्रेस भएकाले परिवर्तनको लागि तयार भएकी बताएकी छिन् । ‘म एक्ट्रेस भएकोले मैले गर्ने काम क्यारेक्टर अनुसार हो । त्यहाँ मैले डान्स गरेकी वा साडी लगाएकी हुँदिनँ’ उनले भनिन् ।उनले पुष्पाको गीत पश्चात आफूमा आत्मविश्वास बढेको समेत बताएकी छिन् । 

‘म ग्ल्यामर गीत वा हार्ड एक्सनका लागि तयार भएकी छु । अब मैले गर्ने भूमिकाका लागि आत्मविश्वास बढेको छ । पुष्पाको गीत अगाडि मैले यसका विषयमा सोचेकी समेत थिइन्’ उनले भनिन् । पुष्पाको आइटम गीतका लागि पहिला उनले नकारेकी थिइन् ।

यद्यपि हिरो अल्लु अर्जुन स्वयम्ले कुराकानी गरेपछि तयार भएकी थिइन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ४ : २५ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब