हङ्कङमा पूर्व सुरक्षा प्रमुख नयाँ नेता चुनिए « Khabarhub

हङ्कङमा पूर्व सुरक्षा प्रमुख नयाँ नेता चुनिए


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हङ्कङका पूर्व सुरक्षा प्रमुख त्यहाँको नयाँ नेता चुनिएका छन् । बन्द मतदानबाट पूर्व सुरक्षा प्रमुख जोन ली हङ्कङको नयाँ नेता चुनिएका हुन् । चुनावमा उनी एकमात्र उम्मेद्वार रहेको बीबीसीले जनाएको छ ।

मुख्यभूमि चीनको कट्टर समर्थक मानिने लीको चुनावलाई हङ्कङमा चीनले आफ्नो नियन्त्रणलाई अझ सुदृढ बनाउने अर्थमा विश्लेषण गरिएको छ ।

सन् २०१९ मा हङ्कङमा लोकतन्त्रवादी प्रदर्शनकारीमाथि दमन भएको समयमा उनी नै त्यहाँको सुरक्षा प्रमुख रहेको जनाइएको छ ।

उनले सन् २०१७ यता हङ्कङको नेतृत्व गरिरहेकी क्यारी लामलाई प्रतिस्थापित गर्ने जनाइएको छ ।

हङकङमा १५ सय जनाको सानो समूहले मात्र नेता चुन्ने प्रावधान रहेको र तीमध्ये अधिकांश चीनसमर्थक रहेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ३ : ५८ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर