बादलले भरतपुरवासीलाई भने– म तपाईँहरूलाई धम्क्याउन आएको होइन | Khabarhub Khabarhub

बादलले भरतपुरवासीलाई भने– म तपाईँहरूलाई धम्क्याउन आएको होइन


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले नेता तथा कार्यकर्तालाई धम्क्याउन आफू भरतपुर नआएको बताएका छन् ।

भरतपुरमा आयोजित सभालाई आइतबार सम्बोधन गर्दै उनले स्थानीय तहको महत्वबारे धारणा राख्न भरतपुर आएको बताए ।

‘म तपाईहरूलाई धम्क्याउको निम्ती यहाँ उपस्थित भएको छैन । म फकाउन र लोभ्याउनको लागि पनि उपस्थित भएको हैन । म सहयात्रीलाई घुक्र्याउन पनि उपस्थित भएको छैन,’ बादलले भने, ‘स्थानीय तह निर्वाचनको के महत्व छ भन्ने बारे धारणा राख्न चाहन्छु ।’

अहिले देश ऐतिहासिक मोडमा आएको उनले जनाए । यो मोड नयाँ चुनौती र अवसर लिएर आएको उनले बताए ।

‘आज हामीले स्थानीय तहको निर्वाचनबाट यी चुनौतीलाई कसरी समाना गर्ने भन्ने प्रश्न उठेको छ । नेपाली जनताले यी प्रश्नको जवाफ दिनुपर्ने भएको छ । नेपालका नेता कार्यकर्ताहरूले यी प्रश्नको उचित जवाफ दिनुपर्ने भएको छ,’ उनले भने ।

अहिले देशमा दुई धारबीच संघर्ष चलेको उनले जनाए । एउटा धार ठूला पूँजीपतिहरूको जसको प्रतिनिधित्व पाँच दलीय गठबन्धनले गरेको उनले जनाए । अर्को धार देशभक्तहरूको रहेको छ जसको नेतृत्व एमालेले गरेको उनले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ४ : ५५ बजे

आजका समाचार : जसपाको निर्णयले सरकारलाई तनाव, ससंदमा सत्ता- प्रतिपक्ष गलफत्ती र दिनदिनै ट्रम्पको चेतावनी 

रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको आग्रहप्रधानमन्त्री

उद्योगी, व्यवसायीले असुरक्षाको अनुभूति गर्नुपर्दैन : गृहमन्त्री लेखक

कमलामाई– गृहमन्त्री रमेश लेखकले कुनै पनि उद्योगी, व्यवसायीले डर, त्रास

भारतले आफ्नै भाषा मोडेल निर्माण गरिरहेको छ : मोदी

एजेन्सी – पेरिसको ग्रान्ड प्यालेसमा एआई एक्शन शिखर सम्मेलनलाई सम्बोधन

भूमि बाहेकका पाँच अध्यादेश पनि पास गर्ने ग्यारेन्टी दिएनन् उपेन्द्रले

काठमडौं– जनता समाजवादी पार्टी नेपालले गत माघ २ गते राष्ट्रपति

अर्थसंक्षेप : अर्थसचिवमा उपाध्यायलाई स्वागत, चीनले हिल्सामा बनायो मितेरी पुल

अर्थसचिवमा उपाध्यायलाई स्वागत, डा.घिमिरेको बिदाइ अर्थ मन्त्रालयको सचिवमा घनश्याम उपाध्यायलाई