निर्वाचनका लागि जुम्लामा १७ सयभन्दा बढी सुरक्षाकर्मी परिचालित | Khabarhub Khabarhub

निर्वाचनका लागि जुम्लामा १७ सयभन्दा बढी सुरक्षाकर्मी परिचालित


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– स्थानीय तह निर्वाचनका लागि जुम्लामा १ हजार ७ सय २१ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जुम्लाको सुरक्षा संयन्त्रले निर्वाचनलाई धाँधली र भयरहित तवरबाट सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गरेको हो । नेपाल प्रहरी ४ सय ३२,नेपाली सेना ३ सय ५० ,सशस्त्र प्रहरी २ सय ७० र ६ सय ६९ म्यादी प्रहरी परिचालन गरिएको छ ।

त्यस्तै सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन, रेकी तथा स्थलगत निरीक्षणको काम गरिरहेको जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए ।

‘निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षाको जनशक्ती खटिइसकेको छ’ उनले भने । निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहने छ ।निर्वाचनको सुरक्षा चुनौती आकलन गर्दै चारैवटा सुरक्षा निकायले आ–आफ्नो तयारी तीव्र पारेका छन् ।

त्यस्तै निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन एकीकृत तथा छुट्टाछुट्टै रणनीतिक सुरक्षा योजना निर्माण गरी संयन्त्र परिचालन भएको छ । केही सुरक्षाको जनशक्तिलाई तयारी अवस्थामा राखिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाइले बताइन् । उनले भनिन, ‘मर्यादित निर्वाचनको महत्वपूर्ण शर्त नै शान्तिपूर्ण वातावरण सिर्जना गर्नु हो । त्यसैले सुरक्षा संयन्त्रले विगतका अनुभव र वर्तमान अवस्थाको आधारलाई समेत विश्लेषण गरेर सुरक्षा रणनीति निर्माण गरेको छ ।’

त्यस्तै नन्दबक्स गणका गणपति रबिन थापाले जुम्लाका आठवटै स्थानीयतहमा नेपाली सेना परिचालन भएको बताए । उनले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने जिम्मेवारी सबैको भएकाले सेनाले सुक्षाको लागी कुनै पनि कसर बाँकी नराखी कार्य गर्ने बताए ।

त्यस्तै सशस्त्र प्रहरी बल नम्वर ३३ गण जुम्लाका एसपी चित्रङ्गत दाहालले निर्वाचनमा आउन सक्ने चुनौती चिर्दै शान्तिपूर्ण रूपमा सम्पन्न गराउने विषयमा जिल्लास्थित सबै सुरक्षा निकाय योजनाबद्ध तरिकाले लागेको बताए । उनले भने, ‘मतदातालाई शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गर्ने वातावरण तयार पार्ने गरी सुरक्षा रणनीति बनाइएको छ ।

निर्वाचनको सबै सुरक्षा नेपाल प्रहरीको जिम्मामा हुने र उसको सहयोगी शक्तिका रूपमा सशस्त्र प्रहरी र नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागले समेत काम गर्ने बताइएको छ । तर जुम्लामा केही भौगोलिक हिसावले बिकट स्थानमा रहेका मतदान स्थललाई लक्षित गरी चुनावमा हुन सक्ने राजनीति दलको प्रतिष्पर्धा र झडपलगायत चुनौती हुनसक्ने आकलन गरेर जुम्लाको सुरक्षा संयन्त्रले योजना बनायर अगाडि बढेको दाबी गरेको छ ।

 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ११ : २६ बजे

‘टोकियोका मतदाताबाट सत्तारुढ दल दण्डित’

टोकियो– जापानको राजधानी टोकियोमा मतदाताले जापानको सत्तारुढ दललाई नगर सभाको

इन्डस्ट्री फर्स्ट एलएफपी लो भोल्टेज ब्याट्रीसहित ‘बीवाईडी डल्फिन-२०२५’ नेपालमा सार्वजनिक, मूल्य कति ?

काठमाडौं- नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स

सदनमा स्वास्थ्यमन्त्रीले भने- वर्षौँपछि स्वास्थ्य क्षेत्रमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौँ

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लामो समय पछि स्वास्थ्य

राष्ट्रपतिसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा

युवा भ्रमित भए अग्रगमनले गति लिँदैन : प्रधानमन्त्री

लतिलपुर– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवा