राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा « Khabarhub

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन सोमबार संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफू न्यूयोर्क आइपुगेको जानकारी दिएकी हुन् ।

रोड्रिगेजको महासभामा सहभागिता सन् २०१८ मा तत्कालीन राष्ट्रपति निकोलस मादुरो सहभागी भएयता भेनेजुएलाका राष्ट्रप्रमुखको पहिलो सहभागिता हो। मादुरोलाई जनवरीमा अमेरिकी सैन्य कारबाहीका क्रममा पक्राउ गरी अमेरिका लगिएको थियो। उनी हाल न्यूयोर्कस्थित सङ्घीय जेलमा लागूऔषध तस्करीलगायत आरोपमा मुद्दाको सुनुवाइ पर्खिरहेका छन् ।

‘हामी राष्ट्रहरूबीच एकता र सहकार्यमा विश्वास गर्ने जनताको दृढ सङ्कल्प र आशासहित न्यूयोर्क आइपुगेका छौँ,’ रोड्रिगेजले एक्समा लेखेकी छन् ।

उनले यसअघि महासभाका क्रममा भेनेजुएलाले सम्मान, सहयोग र समझदारीमा आधारित कार्यसूचीसहित आफ्नो आवाज प्रस्तुत गर्ने तथा आफ्ना सिद्धान्तको रक्षा गर्ने बताएकी थिइन् ।

मादुरोको सरकारमा उपराष्ट्रपति रहनुभएकी रोड्रिगेजले मादुरोलाई हटाइएपछि अन्तरिम राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी हुन् । उनले अमेरिकी प्रशासनसँग सहकार्य गर्दै भेनेजुएलाको तेल क्षेत्रमा अमेरिकी लगानी र पहुँच विस्तार गर्ने सम्झौतामा समेत अघि बढेकी छन् ।

हालै भएको सम्झौताअन्तर्गत अमेरिकी कम्पनीलाई भेनेजुएलाको करिब एक-पाँचाइँ तेल भण्डारमा पहुँच तथा नियन्त्रण प्राप्त हुने व्यवस्था गरिएको छ। अमेरिकी प्रशासनले सम्झौताअन्तर्गत ६५ अर्ब ब्यारेलभन्दा बढी प्रमाणित तेल भण्डारमा अमेरिकी पक्षको बहुमत नियन्त्रण हुने जनाएको छ।

रोड्रिगेजले महासभाका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ७ : ४४ बजे

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन