'साइकलमैत्री सहरको नीति बन्यो, कार्यान्वयन भएन' | Khabarhub Khabarhub

‘साइकलमैत्री सहरको नीति बन्यो, कार्यान्वयन भएन’

‘प्रत्येक समस्यालाई समेटेर ‘इनोग्रेटिभ’ सहरको परिकल्पना गरौँ’



हरेक दृष्टिकोणले हेर्ने हो भने हाम्रो सहर व्यवस्थित छैन । जुन ठाउँमा जे-जे हुनु पर्ने हो छैन । सहर भनेको बस्न लायक हुनुपर्दछ । तर अहिले सबैले स्मार्ट सिटी बनाउने मात्र भन्नु हुन्छ । तर स्मार्ट सिटी कसरी बनाउने भन्ने आइडिया नै कसैसँग छैन ।

विदेशमा कुनै कन्फ्रेन्समा गयो भने उहाँहरुले विकास भनेको दिगो हुनुपर्दछ भन्नुहुन्छ । तर प्राकृतिक स्रोत र साधनको क्षमताअनुसार पनि गरिनु पर्दछ र त्यसरी बनेको सहर हेर्ने हो भने कीर्तिपुरमा भएको सांस्कृतिक साधनको कसरी संरक्षण गर्नुपर्छ, त्यो हामीलाई सिकाउनु हुन्छ। जब कि यो हामी आफैले जान्नु पर्ने कुरा हो ।

हाम्रोमा विकास भन्ने बित्तिकै ठूला-ठूला घरहरु, बाटो बनाउने भन्ने बुझिन्छ । त्यो भन्दा पनि सहर भनेको एकदमै दिगो हुनुपर्‍यो । सहर भनेको गाडी चलाउनेहरूको लागि मात्र हुन भएन । महिला, बालबालिका, अशक्त, अपाङ्गता भएका र ज्येष्ठ नागरिक सबैको हितमा हुनुपर्यो । सडक साइकल मैत्री बनाउने त भन्छौँ । तर यो कसरी बनाउने त भन्ने कुरा आउँछ । अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने केही गाह्रो छैन ।

पाटनको कुरा गर्ने हो भने कोर एरियालाई ‘पेडेस्टनाइज’ गरेपछि खाली साइकल मात्र छिर्न दिऔँ । तर पार्किङ सम्बन्धितलाई दिनु पर्यो । हाम्रो सहर भनेको आर्थिक रुपमा पनि अगाडि हुनुपर्यो । वातावरण मात्र जोगाएर अर्थतन्त्रलाई तल पार्न हुँदैन । हाम्रो आथिक स्रोतको वृद्धि भनेको पर्यटन विकास नै हो ।

साइकलको विकास हेर्ने हो भने साइकलको लागि पनि पार्किङको व्यवस्था हुनुपर्दछ । बाहिर पनि पहिला हाम्रो देशको जस्तै कार बसहरुलाई मात्र प्राथमिकता थियो । तर बिस्तारै साइकल मैत्री सहर बनाए । हाल हरेक सहरमा साइकलको लागि पार्किङ राखिएको छ । हाम्रोमा पनि त्यसो गर्न सकिन्छ ।

साइकल मैत्री सहर बनाउन नीति त बन्यो तर कार्यान्वयन भएन । ‘ल्यान्ड पुलिङ’ भैरहेको छ । हाउजिङहरुले आफ्नो-आफ्नो गरिराखेको छ । अब त्यहाँ साइकल किन नल्याउने त ? त्यहाँ बाटो बनाउदा साइकलको लागि, फूटपातको लागि पनि हुनुपर्यो । ‘ल्यान्डपुलिङ’हरुमा पनि त्यो बाइलाइनमा राख्न सकिन्छ ।

साइकल लेनहरु यो अनिवार्य छ भनेर भन्ने हो भने हरेक हाउजिङ क्लोनीहरुमा, ल्याण्ड पुलिङहरुमा साइकल लेन हुन्छ । त्यसलाई नियम कानुनले पनि मान्यता दिनुपर्याे । अहिले मान्छेहरुको लिभिङ स्टान्डरर्ड बनाउने भनेको छ । यदि हरेक व्यक्तिको लिभिङ स्टाइन्डर्ड एउटा अमेरिकनको जस्तो भयो भने अहिले नै हामीलाई ५ वटा ‘प्लानेट’ चाहिसक्यो । यस्तो गर्ने हो भने वातावरणको संरक्षण पनि हुन्छ ।

हाम्रो विकास कसरी गर्ने भनेर एकदमै सोचेर गर्ने बेला आइसकेको छ । गर्न नसकिने होइन । अहिले यो काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका ठाउँहरू पैदल मैत्री छन् । साइकल मैत्री छन् । यसलाई व्यवस्थापन गर्नुपर्छ ।

अहिलेको परिप्रेक्ष्यमा हेर्ने हो भने सबै सहरलाई हरियाली बनाउनुपर्छ । त्यो साइकलले हुन्छ । विभिन्न बगैँचाहरूको पनि विकास हामी सबै भएर गरौँ । पानीलाई सही तरिकाले व्यवस्थापन गरौँ । अहिलेको अवस्था हेर्ने हो भने ‘इलेक्ट्रोनिक गुड्स’ धेरै भइसक्यो । यो त्यो भन्दै नानाथरि फैलिसक्यो ।

त्यसलाई हटाएर प्रकृतिलाई असर नपार्ने तरिकाले आफ्नै एउटा साइकल सिर्जना गर्नु पर्दछ । सहरमा नदिहरु पनि सफा गर्नुपर्‍यो । एउटा माछा मात्र पनि नमरोस् । प्रत्येक समस्यालाई समेटेर एउटा ‘इनोग्रेटिभ’ सहरको परिकल्पना गर्नुपर्दछ । (प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

(खबरहबद्धारा आयोजित ‘साइकलमैत्री सहर’का विषयमा डा.संगीता सिंहले राखेको धारणाको सम्पादित अंशः)

 

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ८ : ०७ बजे

विपन्न परिवारलाई चुलो वितरण

चितवन– चितवनको सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले

चाडपर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई सुदृढ गर्छ : अध्यक्ष नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इसाई धर्मावलम्बीको महत्त्वपूर्ण

शेयर बजारमा ‘इन्ट्रा डे’ कारोबार : कहाँ पुग्यो योजना ?

काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ आएसँगै शेयर बजारको

पोखराको शहीद चोकलगायत क्षेत्रलाई निषेधमुक्त गर्न रास्वपाको माग

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखराको सहिदचोक लगायत क्षेत्रलाई निषेधित

लेटाङका किसान कफीखेतीमा आकर्षित

मोरङ– कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका