नयाँ राष्ट्रपति चयनका लागि फिलिपिन्समा मतदान जारी « Khabarhub

नयाँ राष्ट्रपति चयनका लागि फिलिपिन्समा मतदान जारी


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिलिपिन्समा नयाँ राष्ट्रपति चयनका लागि मतदान शुरु भएको छ । सोमबार मतदाताहरूले नयाँ राष्ट्रपति चयन गर्नका लागि मतदान गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

मतदानका लागि ६ करोड ७५ लाख मतदाता योग्य छन् ।

यस मतदानमा मतदाताको उपस्थिति पनि अपेक्षा भन्दा बढी रहेको रोयटर्सले जनाएको छ । मतदानका क्रममा केही विद्युतीय भोटिङ मेसिनमा त्रुटि आएपनि कुनै ठूलो दुर्घटनाबिना मतदान भएको बताइएको छ ।

वर्तमान चुनावमा वर्तमान राष्ट्रपति रोबर्टो डुटेर्टेले उम्मेद्वारी दिएका छैनन् । यस चुनावमा फिलिपिन्सका पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड ‘बोङबोङ’ मार्कोस जुनियर विजयी हुने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।

उनका प्रमुख प्रतिद्वन्द्वीका रुपमा उदारवादी लेनी रोब्रेदो छिन् । उनले सन् २०१६ मा भएको उप राष्ट्रपतीय निर्वाचनमा मार्कोसलाई झिनो अन्तरले पराजित गरेकी थिइन् ।

यद्यपि मतदान अघिका सर्वेक्षणहरूमा मार्कोस ३० प्रतिशत अन्तरले अघि रहेको देखाएको बीबीसीले जनाएको छ ।

चुनावमा विजयी हुने उम्मेद्‍वारले ६ वर्षको कार्यकाल सम्हाल्नेछन् ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १ : २८ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले