निर्वाचन आचारसंहिता विपरितका प्रचार सामग्री हटाइयो « Khabarhub

निर्वाचन आचारसंहिता विपरितका प्रचार सामग्री हटाइयो


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकमा निर्वाचन आचारसंहिता विपरित राखिएका प्रचार सामग्री हटाउन सुरु गरिएको  छ । 

स्थानीय तह निर्वाचन आउन केही दिन मात्रै बाँकी रहँदा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहितालाई कडाइका साथ लागू गर्न थालेको हो । 

निर्वाचन आचारसंहिता विपरितका गतिविधि रोक्न सोमबारदेखि निर्वाचन आयोगका सहन्यायाधिवक्ता उद्धव पुडासैनी सहितको टोली, सुरक्षाकर्मीलगायतले बजार अनुगमन गरेर बजार क्षेत्रका दायाँबायाँ दलहरूले राखेको पार्टीका झन्डा तथा चुनाव चिह्न हटाउन सुरु गरिएको हो । 

सार्वजानिक तथा निजी सवारी साधनमा राखेको झन्डा तथा सार्वजानिक घर विद्युतको पोल लगायत स्थानमा राखेको झन्डा हटाइएको छ । निर्वाचन आचारसंहितामा सार्वजानिक ठाँउमा झन्डा, पोस्टर निर्वाचन चिन्ह नास्न राख्न नपाउने व्यवस्था भएकाले सुरक्षाकर्मी परिचालन गरेर हटाउन थालिएको जिल्ला मुख्य निर्वाचन अधिकृत विकास शर्माले जानकारी दिए ।

जिल्लामा क्रियाशील दलहरूसँग बसेर निर्वाचन आचारसंहितासम्बन्धी छलफल समेत गरेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । पटकपटक निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दलहरूलाई ताकेता गरे पनि कार्यान्वयन नभएको आयोगले जनाएको छ । 

बजार क्षेत्र लगायतका सार्वजानिक स्थानमा राखिएको झन्डा ब्यानर हटाएको छ । यस्तै, सार्वजानिक तथा निजी गाडीमा राखेको झन्डासमेत प्रहरीले निकाल्न लगाएको छ ।

यसअघि बैठकमा निर्वाचन आचारसंहिता पालना गर्ने दलहरूले प्रतिबद्धता जनाएका थिए । सिन्धुपाल्चोक जिल्लामा दलहरूले सार्वजनिक स्थलमा चुनाव चिह्न प्रदर्शन, झन्डाको तोरण प्रदर्शन, चुनाव चिन्हको भित्तेलेखन नियमानुसारभन्दा धेरै सवारीसाधन प्रयोग सिन्धुपाल्चोकका प्रमुख आचारसंहिता उल्लङ्घनका क्रियाकलाप हुन् । 

सिन्धुपाल्चोकमा यसअघि विभिन्न राजनीतिक दलले निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा परेको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  २ : २३ बजे

पहिरो र बाढीका कारण देशका विभिन्न सडक अवरुद्ध : मेची राजमार्ग ठप्प

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

इजरायल नीतिको विरोध गर्दै अमेरिकी सिनेट चुनावमा डा.सयद

मिसिगन – दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट आफ्नो पैतृक गाउँ ध्वस्त

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङसँग हिन्दू सम्राट सेनाले गर्‍यो १३ बुँदे सहमति

जनकपुरधाम – गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर