क्यारेक्टरको लम्बाइले अर्थ नराख्ने शिल्पा « Khabarhub

क्यारेक्टरको लम्बाइले अर्थ नराख्ने शिल्पा


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री शिल्पा मास्केले आफ्नो लागि क्यारेक्टरले पाउने स्क्रिन स्पेश महत्वपूर्ण नहुने बताएकी छिन् ।

‘क्यारेक्टरले पाउने स्क्रिन स्पेश कस्तो छ वा त्यसको लम्बाइ कस्तो छ भन्दा पनि क्यारेक्टर कस्तो छ भन्ने मेरो लागि महत्वपूर्ण हुन्छ’ शिल्पाले भनिन् । उनी अभिनीत पछिल्लो फिल्म ‘लाइफ इन एलए’ को गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री मास्केले आफूलाई सानो वा ठुलो भूमिकाले कुनै अर्थ नराख्ने स्पष्ट पारेकी हुन् ।

तीनवटा नेपाली फिल्ममा सोलो अभिनेत्रीको रुपमा अभिनय गरेकी शिल्पाले अचेल सानोतिनो भूमिकामा पनि काम गर्दै आएकी छन् । गत वर्षको पुषमा रिलिज भएको फिल्म ‘कठपुतली’ मा उनले ४६ सेकेन्ड मात्र स्क्रिन स्पेश पाएकी थिइन् । ‘लाइफ इन एलए’ मा पनि उनको रोल लामो छैन । ७० प्रतिशत अमेरिकामा खिचिएको फिल्मको ३० प्रतिशत हिस्सामा मात्र उनी देखिनेछिन् ।

सूर्य एन श्रेष्ठ निर्देशित फिल्ममा शिल्पासँगै ब्यास बिस्सु, अकेशा विष्ट, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय छ । 

फिल्मको कार्यकारी निर्मातामा संसार अन्जान सुवेदी र निर्मातामा राजेन्द्र ठकुराठी छन् भने भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालले मिलेर सम्पादन गरेका हुन।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ५ : ३९ बजे

बजारले पत्याएन बालेन सरकारलाई, नेप्से एकैदिन ७१ अंकले ओरालोतिर

काठमाडौं– नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज नेपाल

 पत्नीको खुट्टा काट्ने पति पक्राउ

वीरगञ्ज– जिल्ला प्रहरी कार्यालयले अमानवीय ढङ्गले हातखुट्टा बाँधेर पत्नीको खुट्टा

बालेनको शासकीय सुधार योजनाले बद्लिन सक्छ निजीक्षेत्र

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले निजी क्षेत्रलाई पारदर्शी बनाउँदै

ओलीलाई पक्राउ गरेको विरोधमा आज पनि पोखरामा विरोध प्रदर्शन (तस्बिरहरू)

पोखरा– पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री

शोभा पाठकले महेश बस्नेतविरुद्ध दिइन् प्रहरीमा अर्को निवेदन

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै