मतदान र गणनाको सुरक्षार्थ त्रिपालको व्यवस्था गर्न निर्वाचन आयोगको निर्देशन « Khabarhub

मतदान र गणनाको सुरक्षार्थ त्रिपालको व्यवस्था गर्न निर्वाचन आयोगको निर्देशन


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले वैशाख ३० गतेको निर्वाचनलाई वर्षाले प्रभावित पार्न नसक्ने भएकाले यसको व्यवस्थापनका लागि स्थानीय तहहरूलाई निर्देशन दिएको छ ।

मौसमविद्हरूले हाल नेपालमा स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बङ्गालसम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहेको र त्यसले वैशाख ३० गतेको निर्वाचनका दिन पानी पर्ने सम्भावना रहेकाले निर्वाचन केन्द्र, मतपेटिका र गणनाको सुरक्षाका लागि आयोगलाई सुझाव दिइरहँदा आयोगले मतदान हुने सबै मतदान केन्द्रमा वर्षातको पानीबाट मतदान कार्य र सो पश्चात मतगणना कार्य प्रभावित नहुनेगरी जोगाउने व्यवस्थाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् सबै स्थानीय तहलाई निर्देशन दिएको जनाएको छ ।

त्यसका साथै आवश्यक समन्वय एवं सहजीकरणका लागि गृह मन्त्रालयमार्फत् सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गर्ने निर्णय गरिएको आयोगले जनाएको छ ।

त्यसका लागि पाल त्रिपाल वा प्लास्टिकको व्यवस्था गर्न सबै स्थानीय तहहरूले सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन आयोगले निर्देशन दिएको हो ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ९ : ४० बजे

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा– झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि

रेफ्रीमाथि खनिएका मौरिन्होले भने-‘दुई वटा रातो कार्ड दिनुपर्थ्यो’

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत ‘मड्रिड डर्बी’ मा एट्लेटिको मड्रिडसँग

१० खेलाडीमा सीमित रियललाई २-१ ले हराउँदै एट्लेटिको विजयी

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’

कानुनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ–  संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज

विपद्को पूर्वसूचना आयो, तर गम्भीरता बुझ्न नसक्दा विध्वंस

त्रिशूली – बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल