निर्वाचन आयोगले गोरखापत्रलाई सोध्यो स्पष्टीकरण « Khabarhub

निर्वाचन आयोगले गोरखापत्रलाई सोध्यो स्पष्टीकरण


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले गोरखापत्रसँग स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिताविपरीत समाचार सम्प्रेशन गरेको भन्दै आयोगले गोरखापत्रसँग स्पष्टीकरण सोधेको हो ।

आयोगले गोरखापत्र दैनिकका प्रधानसम्पादकलाई मिति २०७९ वैशाख २२ गते गोरखापत्र दैनिकको पृष्ठ १ र २ मा प्रकाशित ‘गठबन्धनप्रति इमानदार बन्न देउवाको आग्रह’ शीर्षकको समाचारले कुनै राजनीतिक दल वा उम्मेदवारका पक्षमा प्रचारप्रसार गर्न खोजेको हो, होइन ? भन्दै तीन दिनभित्र स्पष्ट पार्न भनेको छ । यसैगरी गोरखापत्र दैनिकमै वैशाख २५ गते ‘स्थानीय तह निर्वाचन–२०७९ विशेष स्तम्भमा प्रकाशित ‘बागी उम्मेदवारको प्रभाव नगन्य छ’ शीर्षकअन्तर्गत भरतपुर महानगरपालिकाको प्रमुखका उम्मेदवार रेनु दाहालको अन्तर्वार्ता छापिएको विषयप्रति ध्यानाकर्षण जनाउँदै गोरखापत्रका प्रधानसम्पादकलाई पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र सो विषयमा जवाफ पेश गर्न निर्देशन दिएको छ ।

निर्वाचन आचारसंहिता, २०७८ को दफा २२ मा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरणअन्तर्गतको खण्ड (ख) मा कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने र सोही आचारसंहिताको दफा ६ मा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था रहेको छ ।

आयोगले स्थानीय तह निर्वाचनको मौन अवधिमा विभिन्न टेलिकम सेवा प्रदायकमार्फत भ्यालु एडेड सर्भिस (भीएएस) सेवा प्रदायकबाट मौन अवधिमा कुनै पनि प्रचारप्रसार हुने प्रकृतिको बल्क एसएमएस सेवासम्बन्धी काम नगर्न सम्बन्धित भिएएस सेवा प्रदायकलाई नेपाल दूरसञ्चार प्राधिकरणमार्फत आयोगले आवश्यक निर्देशन दिएको छ ।

यस्तै स्थानीय तह निर्वाचनमा सबै मतदाताको मताधिकार सुनिश्चित गर्न मतदान हुने दिन वैशाख ३० गते निजी क्षेत्र, विभिन्न सङ्घसंस्था, निकाय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी सबैलाई सो दिन बिदा दिन आयोगले आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ८ : ३० बजे

बजेटमा कोशी : भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता, निजी क्षेत्र पनि उत्साहित

विराटनगर – आगामी आर्थिक वर्षको बजेटमा कोशी प्रदेशलाई विशेष प्राथमिकता

स्वास्थ्यमा बजेट बढ्यो, तर हिस्सेदारी घट्यो : यी हुन् प्राथमिकतामा परेका २५ बुँदा

काठमाडौं – सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य तथा

बजेटमा सुदूरपश्चिम : पर्यटकीय विकासदेखि एमबीबीएस पढाइसम्म

महेन्द्रनगर – सरकारले आगामी आर्थिक वर्षदेखि सुदूरपश्चिममा विशिष्ट पर्यटकीय विकास

वैभवको विस्फोटक ब्याटिङमा राजस्थानले गुजरातलाई दियो २१५ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–२ अन्तर्गत आज भएको

बागमती प्रदेशका १३ वटै जिल्लालाई आर्थिक समृद्धिको केन्द्र बनाइने

बागमती – सरकारले बजेटमा बागमती प्रदेशका १३ वटै जिल्लालाई आर्थिक