ख्वप कलेजका सर्टिफिकेट नक्कली भन्नु अज्ञानताको पराकाष्ठा : विजुक्छें « Khabarhub

ख्वप कलेजका सर्टिफिकेट नक्कली भन्नु अज्ञानताको पराकाष्ठा : विजुक्छें


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजले विद्यार्थीलाई दिने सर्टिफिकेट नक्कली भन्नु अज्ञानताको पराकाष्ठा भएको बताएका छन् ।

भक्तपुरको दत्तात्रयमा सोमबार बेलुकी भएको एउटा चुनावी सभामा उनले सर्टिफिकेट कलेजले दिने नभई विश्वविद्यालयले दिने बताएका थिए । यो बारेमा सामान्य ज्ञान पनि नहुनु देशका केही नेताहरूमा सामान्य जानकारी पनि नहुनुको उदाहरण भएको बताए ।

‘एउटा ठूलो दलको केन्द्रीय सदस्य जस्तो उच्च पदमा पुगिसकेको मान्छे, पूर्वमन्त्री, सांसदसमेत रहेका मानिसमा यस्ता सामान्य जानकारी पनि नहुनु दुर्भाग्यपूर्ण छ’, उनले भने ।

केही दिन अगाडि भक्तपुर नगरपालिका वडा नम्बर १ मा भएको एउटा चुनावी सभामा नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य एवं एमालेबाट भक्तपुर क्षेत्र नम्बर २ बाट जितेका संघीय सांसद महेश बस्नेतले ख्वप कलेजले दिएको सर्टिफिकेट नक्कली भएको सार्वजनिक भाषण गरेका थिए ।

उनले बोलेको उक्त भाषण सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

 

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १० : ०२ बजे

काँकडभिट्टाबाट एक वर्षमा साढे २४ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– काँकडभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड ६७

एक हजार ३३ केजी गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ– मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट एक हजार ३३ किलो ४८४

‘आधा जिन्दगी’ गीतको पूर्ण जीवनदर्शन

एस्पी कोइराला नेपाली सुगम सङ्गीत तथा गीति-साहित्यको क्षेत्रमा एक परिचित

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

काठमाडौँ– नेपाली सेनाले जटिल भूबनोट भएका ३२ सडक आयोजनाका सम्पन्न

‘निम्स दाइको साहस अमर रहनेछ’

काठमाडौँ – पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो