ख्वप कलेजका सर्टिफिकेट नक्कली भन्नु अज्ञानताको पराकाष्ठा : विजुक्छें | Khabarhub Khabarhub

ख्वप कलेजका सर्टिफिकेट नक्कली भन्नु अज्ञानताको पराकाष्ठा : विजुक्छें


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजले विद्यार्थीलाई दिने सर्टिफिकेट नक्कली भन्नु अज्ञानताको पराकाष्ठा भएको बताएका छन् ।

भक्तपुरको दत्तात्रयमा सोमबार बेलुकी भएको एउटा चुनावी सभामा उनले सर्टिफिकेट कलेजले दिने नभई विश्वविद्यालयले दिने बताएका थिए । यो बारेमा सामान्य ज्ञान पनि नहुनु देशका केही नेताहरूमा सामान्य जानकारी पनि नहुनुको उदाहरण भएको बताए ।

‘एउटा ठूलो दलको केन्द्रीय सदस्य जस्तो उच्च पदमा पुगिसकेको मान्छे, पूर्वमन्त्री, सांसदसमेत रहेका मानिसमा यस्ता सामान्य जानकारी पनि नहुनु दुर्भाग्यपूर्ण छ’, उनले भने ।

केही दिन अगाडि भक्तपुर नगरपालिका वडा नम्बर १ मा भएको एउटा चुनावी सभामा नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य एवं एमालेबाट भक्तपुर क्षेत्र नम्बर २ बाट जितेका संघीय सांसद महेश बस्नेतले ख्वप कलेजले दिएको सर्टिफिकेट नक्कली भएको सार्वजनिक भाषण गरेका थिए ।

उनले बोलेको उक्त भाषण सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

 

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १० : ०२ बजे

इरान आक्रमणमा अपेक्षाकृत सफलता पाएको अमेरिकी ठहर

वाशिङ्टन – अमेरिकाले इरानको आणविक केन्द्रमा गरेको आक्रमणले अपेक्षाकृत सफलता

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार ९ गते सोमबार। असार

आज २०८२ साल असार ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ९ गते सोमबार। असार

आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई