उपत्यकाका तीन जिल्ला प्रमुखसहितको सुरक्षा संयन्त्र बनाउने निर्णय « Khabarhub

उपत्यकाका तीन जिल्ला प्रमुखसहितको सुरक्षा संयन्त्र बनाउने निर्णय


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उपत्यकालाई शान्ति सुरक्षा प्रदान गर्न बलियो सुरक्षा संयन्त्र बनाउने निर्णय गरिएको छ ।

आज जिल्ला प्रशासन कार्यालय भक्तपुरको आयोजनामा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित तीनवटै जिल्लाका सुरक्षा समितिका पदाधिकारीबीच अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा यस्तो निर्णय भएको हो ।

वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन र मतगणना सम्पन्न नभएसम्मका लागि उपत्यकाका तीन जिल्लाको शान्ति सुरक्षा, अपराध न्यूनीकरण, स्थानीय तह निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्नेलगायतका विविध निर्णय भएको भक्तपुरका प्रजिअ शर्माले जानकारी दिए ।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाली सेना, अनुसन्धान विभागका प्रमुखको बैठकले शान्ति सुरक्षाका लागि कार्यान्वयन गरिने विभिन्न सुरक्षाका रणनीतिका बारेमा निर्णय गरेको हो ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १० : ४४ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी