हाम्रो गठबन्धन वर्षौँसम्म रहनेछ : प्रचण्ड « Khabarhub

हाम्रो गठबन्धन वर्षौँसम्म रहनेछ : प्रचण्ड


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनाबाट जोगाउनका लागि अहिले पाँच दलीय गठबन्धन गरेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) ले डोटीको जोरायल गाउँपालिकामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पाँच दलीय गठबन्धन नगरेको भए देश ठूलो सङ्कटमा पर्ने निश्चित रहेको बताएका हुन् ।

उनले भने, “देशमा आमूल परिवर्तनपछि नागरिकलाई विकास चाहिएको छ, विकास निर्माणका काम गर्नकै लागि हामीले गठबन्धन गरेका हौँ, हाम्रो गठबन्धन वर्षौंसम्म रहनेछ ।” अध्यक्ष दाहालले सुदूरपश्चिमसहित डोटीको विकास तथा स्तरोन्नतिका लागि आफूले सक्दो पहल गर्नेसमेत बताए ।

प्रचण्डले भने, “पूर्वपछि अब विकास गर्ने पालो सुदूरपश्चिमतिर छ, मसहित सिङ्गो पार्टी यहाँको विकासका लागि अग्रसर हुनेछौँ ।”

आफ्ना क्षेत्रको विकास गर्ने जिम्मा अब डोटेली जनताको भएकाले यहाँको विकास गर्ने वा नगर्ने भन्ने जिम्मा यहीँका नागरिकको भएकोसमेत अध्यक्ष दाहालले जिकिर गरे ।  अहिलेको निर्वाचन भनेको विकास गर्ने र विकास नगर्नेका बीच भएकाले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उनले आग्रह गरेका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ११ : ०५ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी