संविधान र लोकतन्त्र जोगाउन गठबन्धन बनाउनुपर्‍यो : महामन्त्री शर्मा « Khabarhub

संविधान र लोकतन्त्र जोगाउन गठबन्धन बनाउनुपर्‍यो : महामन्त्री शर्मा


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको चुनावमा बृहत् गठबन्धन निर्माण हुनुमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को ठूलो योगदान रहेको बताएका छन् ।

गृहनगर मेचीनगरको धुलाबारीमा आज साँझ आयोजित चुनावी सभामा उनले भने, “अहिले नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन बन्नुमा पुष्पकमल दाहालको धेरै योगदान छ, त्योभन्दा पनि बढी योगदान माधवकुमार नेपालको छ ।”

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको यसअघिको सरकारले दुई/दुई पटकसम्म संसद् विघटन गरेर संविधान र लोकतन्त्रप्रति प्रहार गरेको आरोप लगाउँदै कांग्रेस महामन्त्री शर्माले संविधान र लोकतन्त्र जोगाउन गठबन्धन बनाउनुपर्ने बाध्यता आएको बताए ।

दश वर्षे सशस्त्र विद्रोह गरेको शक्ति माओवादी र लोकतन्त्रका लागि सङ्घर्ष गरेको नेपाली कांग्रेसबीच तालमेल भएकै कारण मुलुकमा शान्ति स्थापना भएको दृष्टान्त दिँदै उनले घरपरिवार तालमेलबाट चले जस्तै देशलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्न गठबन्धनका उम्मेदवारलाई जिताउन आम मतदातालाई आग्रह गरे ।

महामन्त्री शर्मा दुई दिनयता गृह जिल्लाको चुनावी सभामा व्यस्त रहेका छन्। शर्माको गृहनगर मेचीनगरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच चुनावी गठबन्धन रहेको छ । नगरप्रमुख पदमा नेपाली कांग्रेसका इन्द्र बुढाथोकी र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका प्रकाश भण्डारी उम्मेदवार छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ११ : ३३ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको