मौसम पूर्वानुमान : आज देशभर विभिन्न ठाउँमा पानी पर्ने « Khabarhub

मौसम पूर्वानुमान : आज देशभर विभिन्न ठाउँमा पानी पर्ने


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने मौसमविद्ले बताएका छन्।

दक्षिण बंगालको खाडीमा बनेको चक्रवात “असानी“ को अप्रत्यक्ष प्रभाव, स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बङ्गालसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको संयुक्त प्रभाव रहेकाले देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने मौसमविद्ले बताएका हुन्।

मंगलबार विशेषगरी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको केहि स्थानमा र बाँकी भूभागको थोरै स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति पनि प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भइ प्रदेश १, बागमती र लुम्बिनी प्रदेशको केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बुधबार राति प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका एकदुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैगरी बिहीबार दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। कर्णाली र सूदूरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघगर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका एकदुई स्थानहरूमा मेघगर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।साथै तराईका भू-भागहरुमा हावाहुरीको सम्भावना पनि रहेको देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ६ : ५० बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी