सबैले सोचेको जस्तो सुन्दर काठमाडौँ बनाउँछु | Khabarhub Khabarhub

सबैले सोचेको जस्तो सुन्दर काठमाडौँ बनाउँछु

‘सबैले भोट दिएर जिताउनुहुन्छ भन्ने विश्वास छ’



काठमाडौँको राजनीतिमा सिर्जना सिंह परिचित अनुहार हो । विद्यार्थी राजनीतिदेखि सक्रिय रुपमा राजनीतिक यात्रा सुरु गर्नुभएको हो । राजनीतिक रुपमा सक्रिय भएपनि उनी कुनै पदमा नबसी सामाजिक र राजनीतिक कार्य गर्दै आएकी छन् । आफ्नो क्षमतामा विश्वास राख्दै काठमाडौं महानगरको पदमा मेयरको प्रत्यासीको रुपमा आफ्नो दावेदारी प्रस्तुत गरेकी छन् । काठमाडौं महानगरपालिकाको विकासको कायापलट गर्ने गरी कांग्रेसबाट मेयरको उम्मेद्वार बनेकी सिर्जना सिंहसंग त्यस्ता के योजना र कार्यक्रम छन् त ? नजिकिँदो स्थानीय तहको चुनावको सन्दर्भमा लक्ष्मण फुयालले गरेको कुराकानीको सम्पादित अंशः

चुनाव प्रचारप्रसारमा कत्तिको दौडधुप छ ?
चुनाव प्रचार प्रसार एकदम राम्रो भैरहेको छ । चुनाव प्रसार अगाडि बढेको छ । प्रचार कार्यक्रम राम्रोसँग चलिरहेको छ । घर दैलो कार्यक्रम पनि भइरहेको छ । म भर्खर घरदैलो कार्यक्रमबाट तपाईहरु समक्ष आएकी छु । काठमाडौंबासी सबै जनता उत्साहित छन् । एकदमै राम्रो भैरहेको छ ।

तपाईंको राजनीतिक यात्रा कसरी सुरु भयो ?
मेरो जन्मभूमि गोरखा हो । मेरो राजनीतिक पृष्ठको कुरा गर्दा म नौ कक्षामा पढ्दा नै नेपाली कांग्रेसको सदस्यता लिएको थिँए । २०३४ सालमा एसएलसी सकेर म काठमाडौं पढ्न आए । जुल्फिकार अली भुट्टोको पाकिस्तानमा हत्या भयो । काठमाडौंमा रहेको पाकिस्तान एम्बेसीमा विरोध गर्ने जाने नेपाली कांग्रेसको विद्यार्थी म थिँए । मलाई राजनीतिक चेतना स्कुल जीवनबाटै थियो ।

मेरो माइतीमा मेरो बुवा नेपाली कांग्रेसको २००७ सात सालको गोरखाको सचिव हुनुहुन्थ्यो । उहाँ व्यापारी तथा समाजिक अभियन्ता पनि हो । मैलै घरबाट राजनीतिक चेतना तथा सामाजिक कार्यको काममा अग्रसर हुने प्रेरणा पाएको थिए । काठमाडौं पढ्न आएपछि विरोध लगायतका कार्यक्रममा सहभागि भैरहेको थिए । म नेविसंघमा लाग्न सुरु गरे । महाबौद्ध क्याम्पसमा भर्ना भए । त्यहाँको एकाइ सभापति भएको थिए । एकाइ सभापति चलाए ।

शंकरदेव क्याम्पसमा पढ्दा युनियनमा चुनाव लड्दा विजयी पनि भए । गोरखा काठमाडौं सम्पर्क समिति नेविसंघ, प्रजातान्त्रिक समाजमा बस्दै गर्दा नेपालमा सत्याग्रहको समय चल्दै थियो र मेरो विवाहको कुरा चल्यो । २०४२ सालमा विवाह भयो । विवाह पश्चात कस्तो घरमा आए भने मेरो ससुरा गणेशमान सिंह । सासु मंगला देवी सिंह । मेरो श्रीमान प्रकाशमान सिंह उहाँपनि राजनीतिमा सक्रिय । सबैघर भरी राजनीतिक पृष्ठभूमि । सासु ससुरा राष्ट्रिय राजनीतिमा हुनुहुन्थ्यो । घरमा सबैजना राजनीति गर्ने हुँदा मैले राजनीति त छोडिन । मैले कुनै पद नलिइ राजनीतिक तथा समाजिक सेवा सक्रिय नै थिए ।

कुनै पद नलिएकोले बसेकोले सबैलाई गुमनाम जस्तो लाग्यो होला तर पार्टीको हरुलाई सबैलाई थाहा छ । काठमाडौँ बासी प्रायलाई थाहा छ । सबैलाई थाहा नहुन सक्छ । २०४६ सालको आन्दोलनको समयमा मैलै सक्रिय भूमिका निभाएको थिए । प्रजातन्त्र आयो ।बहुदलीय ब्यवस्था आयो। पार्टीहरु खुल्ला भए । नेपाल महिला संघले विभिन्न विभागहरु गठन भएको थियो ।

संघले प्रौढ शिक्षा, कानुनी शिक्षा, सशक्त आए आर्जन लगायत स्वास्थ्य शिविर लागायतका कार्यक्रम सञ्चालन भएका थिए । स्वास्थ्य शिविर शाखाको मैले प्रोजेक्ट कोडिनेटर भएर काम गर्न अवसर पाएको थिए । त्यसलाई मैलै चलाइरहे त्यो संस्था पनि नेपाली कांग्रेसको भातृ सस्था थियो । म कुनै केन्दीय सदस्य पदमा बसिन । कुनै पद लिइन ।

तर म घरायसी कामसँगै राजनीतिक यात्रा पनि जारी रहेको थियो । स्वास्थ्य शिविर सञ्चालन काठमाडौं लगायत काठमाडौं बाहिर पनि चलिरहेको थियो । जव मंगाला देवी सिंह नेपालको महिला संघको अध्यक्ष हुनुहुन्थ्यो । उहाँ स्वर्गिय भैसकेपछि काठमाडौं जिल्ला महिला संघको सल्लाहकार भएर काम गरेको थिए । २०३६ सालमै महिला बहुदल प्रचारप्रसार समिति गोर्खा जिल्लाको सभापति भएर जिल्ला हाकिरहेको महिला थिए ।

काठमाडौँ जिल्ला महिला संघको सल्लाहकारको रुपमा कार्यरत छु । महिला दिदिबहिनीहरुको हक अधिकार, सशक्तिकरण, आर्थिक रुपमा आत्मनिर्भर बनाउनको लागि काम गरिरहेको छु । उनीहरुको विकास तथा हक हितको लागि सधै सक्रिय भएर लागिरहेको छु ।

काठमाडौँ महानगरपालिकामा तपाईंको उम्मेद्वारी किन ?
म एक राजनीतिक कार्यकर्ता । सामाजिक अभियन्ता । म योग्य पनि छु । मैलै पढेको पनि छु । विवाह गरेर काठमाडौं आएको ३६ वर्ष भयो । मेरो सम्पूर्ण जीवन काठमाडौंमा वितेको छ । झन विवाहपछि स्थानीय तथा राजनीतिक परिवार स्थानीय नेवार परिवारमा विवाह भएको हो । यहाँको हावा पानी चाडपर्व जात्रा सभ्यता सम्पदा सबैसँग म परिचित छु ।

मैले एउटा संकल्प लिएर आएको छु । मैले मेरो प्रतिवद्धता लिएर आएको छु । म काम गर्छु । काम गरेर देखाउछु । मैले गर्न सक्छु भनेर जुन संकल्प अगाडि राखेको छु । सुशासन, स्वास्थ्य, शिक्षा लगायत थुप्रै विषयहरु योजनामा राखेको छु । रोजगारीका विषय सम्पदा बचाउने गुठी पर्व जात्रा विषय अगाडि सारेको छु । त्यो म गर्न सक्छु, त्यो गरेर देखाउछु ।

म गर्न नसक्ने कुरा गरेको छैन । ठुला ठुला कुरा गरेको छैन । जनतालाई तुरुन्त चाहेको के कुरा छ त्यो गर्न आएको छु । काठमाडौं फोहोर अस्तव्यस्त सबै छ । मैले जुन दृढ संकल्पको साथ आएको छु । आम जनता एकदम खुसी हुनुभएको छ । मलाई भोट दिनुहुन्छ भन्ने विश्वास छ ।

काठमाडौं महानगरको फोहोरमैला व्यवस्थापनदेखि महानगरको समग्र विकास गर्न कस्ता एजेन्डा राख्नुभएको छ ?
काठमाडौं महानगरपालिकाको प्रमुख समस्या फोहोरमैला रहेको छ । यसलाई समस्या समाधान गर्न घरबाटै व्यवस्थापन गर्न सकिन्छ । फोहोरबाट मोहोर बनाउन सकिन्छ । फोहोरलाई मोहोर बनाउन सक्ने चिजलाई बाटोमा फालेको छ । यसले दुर्गन्ध, रोग बढाउने, बाहेक केही हुदैन् । सहरलाई कुरुप बनाउने काम भैरहेको छ ।

फोहोरलाई घरमा कम्पोस्ट मल बनाउने, प्लास्टिकहरुलाई रिसाइकल गर्ने । नष्ट गर्ने चिजलाई नस्ट गर्न सकिन्छ । यसबाट आम्दानी पनि गर्न सकिन्छ । समुदायसँग समन्वय गर्दै वडाबासी वडाअध्यक्ष सदस्यहरुसंग समन्वय गर्दै प्रत्येक वडामा द्रुत टिम (रेपिड रेसपोन्स टिम ) बनाउँछु । जसले फोहोर मैला व्यवस्थापनसंगै टोलमा सुरक्षा लगायतका अन्य काम गर्छन । सडक पेटी देखी सबै सडक अस्तव्यस्थ छ । सानो सडक काठमाडौं महानगरपालिकाको दायरा भित्र पर्छ ।

ठुलो सडक राज्यको केन्द्रीय सरकारको दायरामा पर्छ भन्छन । तर म भन्छु, काठमाडौं महानगरपालिका सबै सडकको दायित्व स्थानीय सरकार अन्तर्गत पर्छ । यहाँको विकास गर्ने जनप्रतिनिधीको दायित्व हो । फुटपातको समस्या काठमाडौंमा छ । फुटपाथमा शारिरीक अशक्त भएका व्यक्तिदेखी सबैलाई हिड्न समस्या छ । गाह्रो छ । सडक अस्तव्यस्त छ । सडकपेटी बनेका छैनन यसमा मेरो ध्यान जानेछ । फुटपाथ व्यवसाय सम्बन्धित क्षेत्रमा राख्ने प्रबन्ध मिलाउने छ । डाला नांगलो फुटपाथमा राखेको पसललाई चलाउने फ्लाने अनावश्यक दुख दिन्न । यसको लागि निश्चित स्थान बनाइदिन्छु जस्ले आफ्नो जीविकोपार्जन गर्न सकोस् । सडकपेटीलाई व्यवस्थापन मिलाउछु ।

ट्राफिकको समस्या तेस्तै छ । ट्राफिक समस्या छ । ट्राफिक अस्तव्यस्त छ काठमाडौंमा । सवारीसाधनको चापले पनि काठमाडौंमा प्रदुषण बढाएको छ । काठमाडौंमा यसलाई समाधान गर्न विद्युतीय बसहरु सञ्चालन गर्ने छु । सार्वजनिक यातायात सुचारु रुपले चलाउने व्यवस्था गर्छु समयमा चल्ने भएपछि हामी सार्वजनिक साधनको उपयोग गर्न सक्छौ । काठमाडौमा पार्किङको समस्या छ । मानिसहरुलाई कम सवारीसाधन चलाउन मनलाग्ने किसिमको कामहरु गर्नेछु । काठमाडौंका ठुला सडकमा साईकल लेन बनाउन सकिन्छ । साइकल लेनको लागि विज्ञहरुको सुझावअनुरुप म कार्य गर्ने छु ।

नदि संरक्षणका ध्यान दिन्छु । मेरो ससुरा बुवा गणेशमान सिङले स्कुल पढ्दा विष्णुमतिमा पौडि खेल्न समय विताउने कुरा बताउनुभएको थियो । अहिले बागमति विष्णुमति रुद्रमति लगायत सबै दुर्गन्धित भएको छ । यसलाई संरक्षण गर्न पहल गर्नेछु । पानी सफा बनाउन प्रयास गर्ने छु । काठमाडौंमा निशुल्क पानीको व्यवस्था मिलाउने छु । पहाडको मान्छेले टाढाबाट बोकेर ल्याएको पानी बटुवालाई दिएको हुन्छ । काठमाडौँमा पानी मिनिरल वाटर किनेर खानुपर्छ । सित्तैमा पाईदैन । म सार्वजनिक स्थल ठाउँ ठाउँमा सल्लाह गरेर निःशुल्क शुद्ध पानीको व्यवस्था गर्छु । निःशुल्क सौचालय जहाँ अपाङ्ग मैत्री र महिला मैत्री किसिमको हुनेछ ।

काठमाडौं महानगरपालिकाको महिला, रोजगारी, शिक्षा स्वास्थ्यमा विकास गर्ने कस्तो योजना छ ?
काठमाडौं महानगरभित्र बसोवास गर्ने सबै काठमाडौं बासी भन्छु । स्थानीय तथा बाहिर आएर बस्नुभएको सबै महानगरबासी हुन । महानगर एउटा ठुलो महान घर हो । स्थानीयवासीको पिडा मैलै नजिकबाट हेरेको छु उहाँहरु किसान परिवारको साक्षरमात्र हुनुहुन्छ ।

उहाँहरुको घर टेको लगाएर राखेको छ । त्यस्ता न्यून आय भएका महिलाहरुलाई दिदि बिहिनीलाई विशेष प्याकेज व्यवस्था मिलाउने छु । महानगरबासी जो दिदिबहिनी बेरोजगार हुनुहुन्छ । उहाँहरुलाई सीपमुलक व्यवस्था गर्नेछु । प्रत्येक वडामा कोसेली घर बनाउनेछु । उहाँहरुले उत्पादन गरेको र उत्पादन गर्न सपोर्ट गर्नेछु । कोसेली घर मार्फत यसको व्यवस्थापन गर्नेछु । राम्रा वस्तुहरुलाई अन्तर्राष्ट्रियकरण स्तरमा लैजाने योजना छ ।

युवाहरुको बेरोजरगार छन । काठमाडौंको युवाहरु छुटै पिडा छ । काम नगरि दुव्र्यसनीमा लागेका छन् । कति आमाहरु मसंग रुन आउनुहुन्छ । कतिलाई सम्झाएको छु । म सामाजिक अभियन्ता पनि हो । आमा पनि हो । ती युवाहरुलाई वस्तुकला मूर्तिकला लगायत हाम्रो क्षेत्र एतिहासिक मौलिक छ । यो लोप हँुदै गएको छ । यसलाई उजागर गर्न तर्फ लाग्ने छु । यहाँका युवाहरुलाई आकर्षित गरेर उद्यमी बनाउनेछु । आर्थिक रुपमा निर्भर गराउनेछु ।

काठमाडौंमा रंगशालादेखी हरेक खेलकुदको संरचना छ । तर काठमाडौं महानगरले वर्षमा एक पटक मेयर कपको आयोजना गर्छ । एकपटकमा कति युवा परिचालन गर्न सकिन्छ । भौतिक रुपमा सबै सु–सम्पन्न छ । खेलकुदको हरेक टोल टोलमा क्लबहरु छन् । उनीहरुले आफ्नो पैसाबाट खर्च गरेका छन् । उनीहरुले समाजिक कार्य रक्तदान गरेका छन् । उहाँहरुलाई सहयोग गरेको छैन । हामी यसलाई उचित ध्यान दिन्छौ । महानगरले समन्वय गर्दै युवाहरुलाई खेलकुदमा आकर्षण गर्नेछ । महानगरको मात्रै होइन देशको नाम राख्न म युवाहरुलाई प्रत्साहित गर्छु ।

काठमाडौंमा खुला ठाउँ छैन । काठमाडौंमा घरै घर छ । जेष्ठ नागरिकको लागि प्रत्येक वडामा जेष्ठ नागरिक भवन बनाउछु । सबै ठाउँमा पार्क बनाउछु । यसमा दुई वटा काम के गर्छु भने जेष्ठ नागरिक भवन र स्वास्थ्य प्रवर्दन केन्द्र खोल्छु । जेष्ठ नागरिक भवनमा बुवा आमाहरुले रमाइलो गर्ने दिन कटाउने समय विताउने किसिमको कार्यक्रम ल्याउनेछु ।स्वा स्थ्य प्रवद्र्धनमा हरेक वडामा स्वयमसेविका मात्रै छन् । त्यसमा डाक्टर नर्सको व्यवस्थापन गर्नेछु । अशक्तहरुलाई घरमै सेवा पु¥याउने छु । महानगरबासीको लागि सुविधा सम्पन्न महानगर अस्पताल बनाउने छु । महानगरबासीलाई छुट्दै अस्पताल निर्माण गर्नेछु ।

तपाईंको उम्मेद्वारीपछिको आमजनताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
सबै आम जनता दाजुभाई दिदीबहिनीहरु खुसी हुनु भएको छ । सामाजिक अभियान्ताको हिसावमा पार्टी साथै आम जनता सबैको साथ पाएको छु । म प्रति उहाँहरुको विश्वास छ । म विश्वास कमाएको परिवारबाट आएको महिला पनि हो । म आफै राजनीतिकर्मी सामाजिक अभियान्ता भएको कारणले उहाँहरुले सोचेको जस्तो सफा सुन्दर काठमाडौँ हुन्छ भन्ने मतदातामा एकदमै विश्वास छ । मलाई चुनौती छ । म काम गर्न भन्न आएको छु । काम गर्न अगाडि बढेको छु । म कसैंको पनि शिर निहुरीने काम गर्दिन । म काम गरेर देखाउछु ।

तपाईहरुले सोचेको जस्तो काठमाडौँ । एउटा एतिहासिक शहर काठमाडौं । पर्यटकीय स्थल काठमाडौँ । विश्व सम्पदा सूचिमा परेको काठमाडौंलाई राम्रो, स्वच्छ, सफा, सुन्दर र सुरक्षित काठमाडौं बनाएर देखाउने भित्रमनदेखि आह्वान गर्न चाहन्छु ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ७ : ५६ बजे

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत

लिम्बु संस्कृति झल्किने चोःलुङ पार्क (फोटो फिचर)

तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको चोःलुङ पार्क पछिल्लो समय

कांग्रेस बागमती प्रदेशको प्रशिक्षण कार्यक्रम दोलखामा जारी

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण कार्यक्रम दोलखामा सुरु भएको