सन्जु चाैधरीको शव नेपालगञ्ज पठाइने | Khabarhub Khabarhub

सन्जु चाैधरीको शव नेपालगञ्ज पठाइने


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारोत्तोलनतर्फ १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्जु चौधरीको शव गृहजिल्ला नेपालगञ्ज पठाइने भएको छ । सन्जुको शव गृहनगर पठाउने नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ (बोस) ले न्युज कारखानालाई जानकारी दिए ।

त्यसअघि घरेलु भूमिमा भएको १३ औं सागमा भारोत्तोलनतर्फ ऐतिहासिक स्वर्ण पदक जितेकी सन्जुको शव राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिषद्‌मा राखिने श्रेष्ठले बताए । ‘केही समय हामीले राखेपमा सानो कार्यक्रम राखेका छौं । लगत्तै शवलाई नेपालगञ्ज पठाउँछौं,’ श्रेष्ठले भने । 

अहिले सन्जुको शव पाटन अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ ।  

यसअघि मंगलबार बिहान ललितपुरस्थित लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा सन्जु मृत अवस्थामा भेटिएकी थिइन् । 

अघिल्लो रात प्रशिक्षक महर्जनको घरमा पार्टी गरेर साथीहरूसँग रमाएकी सन्जु बिहान एक्कासि कोठामा झुण्डिएको अवस्थामा भेटिएकी श्रेष्ठले बताए ।  

सन्जु सागमा भारोत्तोलनतर्फ स्वर्ण पदक जित्ने पहिलो खेलाडी हुन् । २३ वर्षीय सन्जु हाल चीनमा हुने १९औं एसियाली खेलकुदको तयारीमा थिइन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ३ : ३० बजे

खैरो हिरोइनसहित भद्रपुरबाट दुई जना पक्राउ

भद्रपुर– झापाको भद्रपुर भन्सार चोकबाट लागूऔषध खैरो हिरोइनसहित दुई जना

 निर्वाचन प्रणाली बदल्नुपर्छ : सांसद शाही

काठमाडौं– सांसदहरूले निर्वाचन प्रणाली बदलेर नयाँस्वरूपमा जानुपर्नेमा जोड दिएका छन्

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

राजविराज– हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवा जाने बाँधको भित्री सडकखण्डमा आज

नेपालमा चौथो पटक एमपक्स पुष्टि

काठमाडौं– नेपालमा चौथो पटक एमपक्स (मङ्कीपक्स)  पुष्टि भएको छ ।

भरतपुर महानगरको बजेट पाँच अर्ब १९ करोड बढी

चितवन– भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पाँच