मोदीको लुम्बिनी भ्रमणको तयारी तीव्र « Khabarhub

मोदीको लुम्बिनी भ्रमणको तयारी तीव्र


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको तयारीले तीव्रता पाएको छ । युनेस्कोको निमन्त्रणामा २५ सय ६६ औं बुद्ध पूर्णिमाको अवसरमा आगामी सोमबार मोदीले लुम्बिनीको भ्रमण गर्न लागेका हुन् ।

सन् १९९७ मा युनेस्कोले लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो । हाल लुम्बिनीमा चारवटा हेलिप्याड निर्माणको क्रममा रहेका छन् ।

समाचारमा जनाइएअनुसार कुशीनगरबाट प्रधानमन्त्री मोदीले हेलिकोप्टर मार्फत लुम्बिनीमा अवतरण गर्नेछन् ।

मोदीको लुम्बिनी भ्रमणका समयमा आगामी सोमबार प्रधानमन्त्री शेर बहादुर देउवाले पनि लुम्बिनीको भ्रमण गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ ।

दुई नेताले मायादेवी मन्दिरमा प्रार्थना गर्ने र भारत सरकारले निर्माण गर्न लागेको बौद्ध गुम्बाको पनि शिलान्यास गर्ने कार्यक्रम रहेको भारतीय समाचार संस्था आईएएनएसले जनाएको छ ।

भारत सरकारले उक्त गुम्बा निर्माणका लागि १ अर्ब भारु खर्चिएको पनि आइएएनएसले जनाएको छ । यस्तै, दुई नेताले केही समय छलफल गरेर बौद्धमार्गीलाई सम्बोधन गर्ने कार्यक्रम समेत तय गरिएको छ । लुम्बिनीमा ५ घण्टा बिताएर मोदी कुशीनगर फर्किनेछन् ।

नेपाल भ्रमणका क्रममा यसअघि नरेन्द्र मोदीले जनकपुर, पशुपतिनाथ र मुक्तिनाथको भ्रमण गरिसकेका छन् । मोदीको लुम्बिनी भ्रमणको तयारीस्वरूप भारतीय तथा नेपाली अधिकारीहरुले लुम्बिनीको भ्रमण गरिरहेको जनाइएको छ ।

मोदीको यो पाचौँ नेपाल भ्रमण हो ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ४ : ४७ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग