वैशाख ३० गते पर्यटन बोर्डले सटल बस सेवा सञ्चालन गर्ने | Khabarhub Khabarhub

वैशाख ३० गते पर्यटन बोर्डले सटल बस सेवा सञ्चालन गर्ने


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पर्यटकको सुविधाका लागि स्थानीय तह निर्वाचनको मतदानको दिन पर्यटन बोर्डले सटल बस सेवा सञ्चालन गर्ने भएको छ ।

हवाई यात्रुहरूलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई ध्यानमा राखी नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोगमा सटल बस सेवा सञ्चालन गर्न लागेको हो ।

नेपाल टुरिस्ट भेहिकल एसोसिएसन र टुरिस्ट बस एसोसिएसन अफ नेपालसँगको सहकार्यमा बोर्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म सशुल्क सटल बस सेवा सञ्चालन गर्न लागेको हो ।

रुट १ मा एयरपोर्ट–एनएसी–होटल अन्नपूर्ण–होटल याक एण्ड यति–ठमेल चोक–लैनचौर चोक–शंकर होटल –एम्बासडर होटल–एयरपोर्ट सम्मको हुनेछ ।

त्यस्तै रुट २ मा एयरपोर्ट–होटल र्‍याडिशन–सांग्रिला होटल–नारायण गोपाल चोक–महाराजगंज चोक–हायात रिजेन्सी–चाबहिल चोक–होटल द्वारिका–एअरपोर्टसम्म हुनेछ ।

रुट ३ अन्तर्गत एयरपोर्ट–तीनकुने चोक–होटल एभरेष्ट–माइतीघर चोक–होटल हिमालयन–होटल सोल्टी–ग्रान्ड होटल–एअरपोर्टसम्म हुनेछ । सटल बस सेवा वापत प्रति व्यक्ति तीन सय रुपैयाँ शुल्क लाग्नेछ । उक्त शुल्क सेवादाताले नै लिनेसमेत बोर्डले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ५ : २८ बजे

सुर्खेतको चौकुनेमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत- सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ,

१६१ देशसँग व्यापार गर्दै नेपाल, १२४ मुलुकसँग घाटा

काठमाडौँ – नेपालले १६१ वटा मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको

‘राम नाम सत्य’मा सुनील थापा अनुबन्ध, निर्देशक भन्छन्- फरक अवतारमा उतार्छु

काठमाडौं – माइकल चन्दको निर्देशनमा बन्ने भनिएको फिल्म ‘राम नाम

संसद् कसैले अवरोध गर्नु हुँदैन, सहमतिबाटै समस्याको हल गर्न सकिन्छ : उपसभापति गुरुङ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले कुनै

सम्पत्ति शुद्धीकरणविरुद्ध नीति तयार गरी कार्यान्वयन गर्न बीमा कम्पनीलाई निर्देशन

काठमाडौं– नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सम्पत्ति शुद्धीकरण विरुद्ध