हेटौंडामा नेकपा समाजवादीको मेयर उम्मेदवार भुर्तेल एमालेमा प्रवेश « Khabarhub

हेटौंडामा नेकपा समाजवादीको मेयर उम्मेदवार भुर्तेल एमालेमा प्रवेश


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीबाट मेयर पदमा उम्मेदवारी दिएका रोमनाथ भुर्तेल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आज एक कार्यक्रमकाबीच भुर्तेल एमालेमा प्रवेश गरेका हुन् ।

भुर्तेललाई एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेलले पार्टी प्रवेश गराएका थिए । एमालेले गरेको विकास र समृद्धिका कारण एमालेमा प्रवेश गरेका भुर्तेलले बताए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् मकवानपुर सह इन्चार्ज जुनेली श्रेष्ठ, मेयर पदका उम्मेदवार अनन्त पौडेल, उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्ले, एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ५ : ४१ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा