एमालेको चुनाव चिह्न सूर्यमा प्वाल परिसक्यो : गगन थापा « Khabarhub

एमालेको चुनाव चिह्न सूर्यमा प्वाल परिसक्यो : गगन थापा


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेको चुनाव चिह्न सूर्यमा प्वाल परिसकेको टिप्पणी गरेका छन् ।

 एमालेले साना दलहरुसँग तालमेल गरेको र ति दलका चिह्नले घोचेर सूर्यमा प्वाल परिसकेको थापाको भनाइ थियो ।

मंगलबार काठमाडौंको असनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल, परिवार दल लगायतका साना पार्टीको चुनाव चिह्नले सूर्यलाई प्वाल पारेको टिप्पणी गरेका हुन् । 

‘मकवानपुरमा कमल थापा, चितवनमा राजेन्द्र लिङ्देन, डाँडा चढ्दा विप्लव, ओरालो झर्यो सीके राउत,’ थापाले भने, ‘परिवार दलको साँचोदेखि सीके राउतको लाउडस्पिकर कमल थापाको तीरदेखि राजेन्द्र लिङ्देनको हलोसम्म चारै तिरबाट सूर्यको झण्डा हेर्नु भयो भने घोच्दा घोच्दा प्वाल परिसकेको छ ।’ 

उनले काठमाडौंका मतदाताले एमालेलाई प्रश्न गर्नु पर्ने बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ६ : ३८ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।