अभ्यास खेलमा जर्जको दुई गोल « Khabarhub

अभ्यास खेलमा जर्जको दुई गोल


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेठ अन्तिम साता एएफसी एसियन कप–२०२३ छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले अभ्यास खेलमा अफ्रिकन क्लब एभिनिर एफसीविरुद्ध ४–१ को जित निकालेको छ । 

मंगलबार साँझ दशरथ रंगशालामा भएको खेलमा जर्ज प्रिन्स कार्कीको दुई गोल मद्दतमा नेपालले सहज जित पाएको हो । तेस्रो भेटमा जित निकाल्ने क्रममा जर्जले दुई गोल गर्दा मनिष डाँगी र दर्शक गुरुङले एक एक गोल गरे । 

यस अघि समेत नेपालले एभिनिरसँग दुई पटक खेलेको थियो । दुवै खेल गोलरहित बराबरीमा समाप्त भएको थियो । 

नेपाली टिम शुक्रबार कतार प्रस्थान गर्ने तयारीमा छ । नियमित टोलीका १० खेलाडी टिम बाहिर रहेको अवस्थामा प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले टोलीलाई कतारमा अभ्यास गराउँदैछन् । 

यसबीचमा नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । तर मैत्रीपूर्ण खेलको सम्भावना कम रहेको एन्फा स्रोतले न्युज कारखानालाई बतायो । 

एसियन कप छनोटमा नेपालले २५ जेठमा जोर्डन, २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ७ : ०६ बजे

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को

मधेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सिंहले लिए शपथ

महेन्द्रनगर– मधेस प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सुनिलरञ्जन सिंहले आज

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर