अभ्यास खेलमा जर्जको दुई गोल « Khabarhub

अभ्यास खेलमा जर्जको दुई गोल


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेठ अन्तिम साता एएफसी एसियन कप–२०२३ छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले अभ्यास खेलमा अफ्रिकन क्लब एभिनिर एफसीविरुद्ध ४–१ को जित निकालेको छ । 

मंगलबार साँझ दशरथ रंगशालामा भएको खेलमा जर्ज प्रिन्स कार्कीको दुई गोल मद्दतमा नेपालले सहज जित पाएको हो । तेस्रो भेटमा जित निकाल्ने क्रममा जर्जले दुई गोल गर्दा मनिष डाँगी र दर्शक गुरुङले एक एक गोल गरे । 

यस अघि समेत नेपालले एभिनिरसँग दुई पटक खेलेको थियो । दुवै खेल गोलरहित बराबरीमा समाप्त भएको थियो । 

नेपाली टिम शुक्रबार कतार प्रस्थान गर्ने तयारीमा छ । नियमित टोलीका १० खेलाडी टिम बाहिर रहेको अवस्थामा प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले टोलीलाई कतारमा अभ्यास गराउँदैछन् । 

यसबीचमा नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । तर मैत्रीपूर्ण खेलको सम्भावना कम रहेको एन्फा स्रोतले न्युज कारखानालाई बतायो । 

एसियन कप छनोटमा नेपालले २५ जेठमा जोर्डन, २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ७ : ०६ बजे

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका