चुनावी सभाको अन्तिम दिन : झुक्किएर माधव नेपालले मागे एमालेलाई भोट | Khabarhub Khabarhub

चुनावी सभाको अन्तिम दिन : झुक्किएर माधव नेपालले मागे एमालेलाई भोट


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधान मास्न खोज्नेलाई जनताले कुनै हालतमा विश्वास नगर्ने बताए ।

मंगलबार ललितपुरको लुभुमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुई पटक संसद बिघटन गरेर संविधान मास्न खोज्नेलाई जनताले विश्वास नगर्ने बताएका हुन् । उनले प्रतिगामी तत्व नेकपा एमाले र केपी ओली भएकाले चूनावमा भोट माग्ने अधिकार नराख्ने तर्क गरे । अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेकाले चर्चा गर्नुपर्ने अवस्था नरहेको भन्दै अब कलम चिन्ह चम्किने दाबी गरे ।

सम्बोधनका क्रममा अध्यक्ष नेपालले झुक्किएर आफ्ना उम्मेदवारहरूलाई ‘सूर्य’ चिन्हमा मात्र छाप हाल्नुपर्ने धारणा राखेका थिए । त्यसपछि उनले सरी भन्दै ‘सूर्य’ लाई अस्वीकार गर्ने बानि नै बसेको बताएका थिए । सूर्यमा मत माग्दै गरेका नेपाललाई उनका कार्यकर्ताले रोकेर कलम चिन्हमा मत माग्न अनुरोध गरे । त्यसपछि पनि उनी एकछिम अकमक्किए । एक छिन अलमल्लिएका नेपालले पछि सूर्यलाई पराजित गर्न कलम चिन्हमा मतदान गर्न आग्रह गरे । 

उनले महालक्ष्मी नगरमा गठबन्धनबीच तालमेल गर्ने प्रयास गरेपनि सफल हुन नसकेको बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ६ : ५० बजे

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन

सप्तरी – सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८

बालुवाटारमा ओलीको बोली : ईश्वरले बाटो बिराए, विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन

काठमाडौँ- दशौँ केन्द्रीय कमिटीको बैठक स्थगित गरेका नेकपा एमालेका अध्यक्ष

नेपाल–चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बारा – बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको

एमाले महाधिवेशन तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो