ताप लहरसँगै पाकिस्तानमा उर्जा संकट पनि बढ्दै | Khabarhub Khabarhub

ताप लहरसँगै पाकिस्तानमा उर्जा संकट पनि बढ्दै


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताप लहरसँगै विद्युतको माग बढेपछि पाकिस्तानमा विद्युत कटौती बढ्न थालेको छ । पाकिस्तानका धेरै क्षेत्रहरुमा लामो समयसम्म विजुली जाने समस्या रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानका केही स्थानमा दैनिक ६ देखि १० घण्टासम्म लोडसेडिङ हुने भएपनि ग्रामिण क्षेत्रमा भने दैनिक १८ घण्टासम्म लोडसेडिङ हुने गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

इन्धन तथा ग्यासको अभाव र थर्मल प्लान्टबाट हुने विद्युतको उत्पादनमा ह्रास आएसँगै पाकिस्तानमा विद्युतको संकट देखिएको बताइएको छ । पाकिस्तानमा कूल विद्युतमध्ये माग भन्दा ६ देखि ७ हजार मेगावाट कम बिजुली आपूर्ति हुने गरेको छ ।

ताप लहरका कारण खैबर पख्तुनख्वा क्षेत्रका केही स्थानमा १५ घण्टा सम्म लोडसेडिङ हुने गरेको छ । त्यसबाहेक कराँची र बलोचिस्तानका धेरै स्थानमा पनि लोडसेडिङको समस्या रहेको जनाइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ७ : ५४ बजे

कोशीका गोठ रित्तै !

चतरा (सुनसरी) – समयान्तर विश्लेषण गर्नुपर्दा एउटा आहान कोशी किनाराका

आन्तरिक पर्यटकको रोजाइमा दाङको कुलपानी हरित उद्यान

दाङ– दाङको गढवा गाउँपालिका– १ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क)

वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै ट्रम्पले गरे सेनाको प्रशंसा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले इरानमा भएको आक्रमणका

काभ्रेको पाँचखालमा ‘विषादीरहित’ तरकारी सङ्कलन केन्द्र सञ्चालन

काभ्रे– काभ्रेको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा