उम्मेदवारको निधन भएपछि तुलसीपुर–१७ को मतदान सर्‍यो « Khabarhub

उम्मेदवारको निधन भएपछि तुलसीपुर–१७ को मतदान सर्‍यो


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ ।

एमालेबाट उम्मेदवार बनेका चौधरीको मंगलबार राति मृत्यु भएको हो ।

बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला, कलेजोको बिरामी थिए । यसअघिको कार्यकालमा तुलसीपुर १७ को वडा सदस्य भएरसमेत काम गरेका थिए ।

चुनाव प्रचारकै क्रममा बिरामी परेपछि उनलाई उपचारका लागि दुई पटक नेपालगन्जस्थित भेरी अस्पतालमा लगिएको थियो । तर, त्यहाँ पनि सन्चो नभएपछि थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो। त्यही उपचारको क्रममा उनको निधन भएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ मा जेठ ३ गते मतदानको समय तोकिएको छ । एमालेको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका लबरु चौधरीको निधन भएपछि स्थानीय निर्वाचन कार्यालयले ३० गते हुने मतदाता कार्यक्रमलाई स्थगन गरेर ३ गतेलाई तय गरिएको निर्वाचन अधिकृत राजेश्वर अर्यालले बताए ।

उनले बुधवार र बिहीबार चुनावी प्रक्रियाको सबै काम पुरा गर्ने गरी कार्यतालिका प्रकाशन गरेको बताए । सम्बन्धित दलको आधिकारिक उम्मेदवारको मनोनयन हुँदै चुनाव चिन्न दिनेसम्मको काम सक्ने तयारी भएको बताए ।

‘बिहीबार ५ बजेसम्म यो काम सक्ने कार्यतालिका सार्वजनिक गरिसकेका छौं’, उनले भने, ‘त्यसपछि चुनावी अभियान उम्मेदवारले गर्नुहुन्छ । अनि ३ गते मतदान हुन्छ ।’ अर्यालले वडा नम्बर १७ को मतदान नसकिँदासम्ममा अन्य वडाको मतगणना पनि नगरिने बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ८ : २८ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका