बिजुक्छेंले भने– ‘देश जोगाउने र बेच्ने पार्टीमध्ये एउटालाई भोट दिनुपर्ने अवस्था छ’ « Khabarhub

बिजुक्छेंले भने– ‘देश जोगाउने र बेच्ने पार्टीमध्ये एउटालाई भोट दिनुपर्ने अवस्था छ’


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले स्थानीय तहको निर्वाचन भए पनि अहिले भोट कि देश जोगाउने पार्टीलाई कि त देश बेच्ने पार्टीलाई राख्नुपर्ने अवस्था आएको बताएका छन् ।

देखिँदा धेरै पार्टीहरू चुनावी प्रतिस्पर्धा देखिए पनि सारमा देश जोगाउने र बचाउने पक्षका दुई वटा पार्टी मात्रै रहेको उनको भनाइ छ । एमसीसीको पक्षमा रहेका पार्टीहरू देश बेच्ने र विरोधी पार्टीहरू देश जोगाउने पक्षमा रहेको उनको भनाइ थियो ।

मंगलबार साँझ भक्तपुरमा भएको अन्तिम चुनावी सभामा उनले भने, ‘तपाईंहरूले पनि वैशाख ३० गते शुक्रबार भोट राख्दा यही कुरालाई विचार गर्नुहोस् ।’ कांग्रेस, एमाले र माओवादी पार्टीले एमसीसीको समर्थन गरेकाले उनले देश बेच्ने पार्टी भएको र नेपाल मजदुर किसान पार्टीबाहेकका केही पार्टीहरूले एमसीसीको विपक्षमा रहेर देश बचाउने पार्टीमा दर्ज भएको उनले विश्लेषण थियो ।

उनले भने, अहिले चुनावमा जोसुकैले भोट माग्न आए पनि सारमा यहाँंहरूले यी दुईमध्ये एक रोज्नुपर्ने हुन्छ । त्यही कारण यो चुनाव देशभक्त र देश विरोधीहरूको जनमत बुझ्ने चुनाव पनि भएको उनले विश्लेषण गरे । त्यसकारण देश बचाउने पार्टीहरूलाई देखिँदाखेरी हारे पनि सारमा देशभक्त जनताको मत दर्शाउन त्यस्ता पार्टीहरूलाई मत हाल्न उनले अनुरोध गरे । उनले कांग्रेस, एमाले, माओवादी अमेरिकी दास भएको आरोप पनि लगाए ।

 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १० : ०७ बजे

नक्कली उत्पादनविरुद्ध सरकार आक्रामक : सयभन्दा बढी शङ्कास्पद वस्तु नियन्त्रणमा

काठमाडौँ – बजारमा नक्कली उत्पादनहरूको बिक्री-वितरण भइरहेको खबर सार्वजनिक भएपछि

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

तत्काल सम्झौता भए इरानमाथिको हमला रोक्न ट्रम्प तयार

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘द्रुत गतिमा’ कूटनीतिक

युवा टोलीमा अनुभव थप्ने चेल्सीको नयाँ रणनीति : ३५ वर्षका वेलबेक अनुबन्धित

लन्डन – इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले ब्राइटनका भेट्रान स्ट्राइकर

बुटवल ‘अटोभिलेज’ पुराना सवारीको ‘डम्पिङ साइट’ बन्दै (तस्बिर)

बुटवल– गाडी मर्मतका लागि परिचित ठाउँ हो, बुटवलको ‘अटोभिलेज’ ।