बिजुक्छेंले भने– 'देश जोगाउने र बेच्ने पार्टीमध्ये एउटालाई भोट दिनुपर्ने अवस्था छ' | Khabarhub Khabarhub

बिजुक्छेंले भने– ‘देश जोगाउने र बेच्ने पार्टीमध्ये एउटालाई भोट दिनुपर्ने अवस्था छ’


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले स्थानीय तहको निर्वाचन भए पनि अहिले भोट कि देश जोगाउने पार्टीलाई कि त देश बेच्ने पार्टीलाई राख्नुपर्ने अवस्था आएको बताएका छन् ।

देखिँदा धेरै पार्टीहरू चुनावी प्रतिस्पर्धा देखिए पनि सारमा देश जोगाउने र बचाउने पक्षका दुई वटा पार्टी मात्रै रहेको उनको भनाइ छ । एमसीसीको पक्षमा रहेका पार्टीहरू देश बेच्ने र विरोधी पार्टीहरू देश जोगाउने पक्षमा रहेको उनको भनाइ थियो ।

मंगलबार साँझ भक्तपुरमा भएको अन्तिम चुनावी सभामा उनले भने, ‘तपाईंहरूले पनि वैशाख ३० गते शुक्रबार भोट राख्दा यही कुरालाई विचार गर्नुहोस् ।’ कांग्रेस, एमाले र माओवादी पार्टीले एमसीसीको समर्थन गरेकाले उनले देश बेच्ने पार्टी भएको र नेपाल मजदुर किसान पार्टीबाहेकका केही पार्टीहरूले एमसीसीको विपक्षमा रहेर देश बचाउने पार्टीमा दर्ज भएको उनले विश्लेषण थियो ।

उनले भने, अहिले चुनावमा जोसुकैले भोट माग्न आए पनि सारमा यहाँंहरूले यी दुईमध्ये एक रोज्नुपर्ने हुन्छ । त्यही कारण यो चुनाव देशभक्त र देश विरोधीहरूको जनमत बुझ्ने चुनाव पनि भएको उनले विश्लेषण गरे । त्यसकारण देश बचाउने पार्टीहरूलाई देखिँदाखेरी हारे पनि सारमा देशभक्त जनताको मत दर्शाउन त्यस्ता पार्टीहरूलाई मत हाल्न उनले अनुरोध गरे । उनले कांग्रेस, एमाले, माओवादी अमेरिकी दास भएको आरोप पनि लगाए ।

 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १० : ०७ बजे

कोशीका गोठ रित्तै !

चतरा (सुनसरी) – समयान्तर विश्लेषण गर्नुपर्दा एउटा आहान कोशी किनाराका

आन्तरिक पर्यटकको रोजाइमा दाङको कुलपानी हरित उद्यान

दाङ– दाङको गढवा गाउँपालिका– १ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क)

वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै ट्रम्पले गरे सेनाको प्रशंसा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले इरानमा भएको आक्रमणका

काभ्रेको पाँचखालमा ‘विषादीरहित’ तरकारी सङ्कलन केन्द्र सञ्चालन

काभ्रे– काभ्रेको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा