मनाङमा निर्वाचनको दिनमा पर्यटकले प्रवेश पाउने | Khabarhub Khabarhub

मनाङमा निर्वाचनको दिनमा पर्यटकले प्रवेश पाउने


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ – यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा बाह्य पर्यटकले प्रवेश पाउने भएका छन् । निश्चित समय तोकिएर नेपाल भ्रमणमा आएका विदेशी पर्यटकलाई सहज बनाउने उद्देश्यले प्रवेश खुला गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

पर्यटन बोर्डबाट भ्रमणको आधिकारिक अनुमतिपत्र लिएर आएका पर्यटकलाई मनाङमा प्रवेश दिइने प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिएका छन् । पर्यटन बोर्डबाट रोडपरमिट लिएर आएका पर्यटकले प्रवेश पाउने उनले बताए ।

‘पर्यटक आउने अनुकूल समय भएकाले नेपाल सरकारले नै पर्यटकलाई प्रवेश दिन सर्कुलर गरेको छ । सोहीबमोजिम मौन अवधिमा सवारीमार्फत पर्यटक मनाङ आउन सक्नेछन् । तर निर्वाचनको दिनमा सवारी सञ्चालनमा रोक लगाइएको छ । पैदलयात्रामा आउने पर्यटकले निर्वाचनकै दिनमा पनि प्रवेश पाउनेछन्’, आचार्यले भने ।

पर्यटक विशेषगरी सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल (४९१९ मिटर) पुग्न आउने गरेका छन् । विदेशी पर्यटक विशेषगरी अन्नपूर्ण पदमार्गको यात्रामार्फत तिलिचो ताल पुग्ने गर्दछन् । विदेशी पर्यटक हिमालको काखमा पुगेर मनोरञ्जन लिनुका साथै हिमाल आरोहण गर्न आउने गर्दछन् । थोराङ्ला पास, तिलिचो ताललगायतका स्थानको भ्रमण तथा अवलोकनका लागि पर्यटक मनाङ आउने गर्दछन् ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ११ : ४५ बजे

पर्वतमा १४० रोपनी क्षेत्रफलमा जापानी कटुसखेती

पर्वत– पर्वतमा जनशक्ति अभाव र बाँदर आतङ्कले खेतीपाती गर्न छाडेर

राष्ट्र बैंकको अध्ययन : यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती

काठमाडौं– नेपाल राष्ट्र बैंकले मधेस प्रदेशका केही आर्थिक चुनौती रहेको

अन्तर्राष्ट्रिय सम्बन्धसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ ।

पहिलो टेस्टमा ब्याट्सम्यान हाबी : दुई दिनमा चार शतक प्रहार

लन्डन – लिड्समा जारी भारत र इङ्गल्यान्डको पहिलो टेस्टमा ब्याट्सम्यान

आठ सय घरमा खानेपानीको पहुँच

भोजपुर– लोमाखोला खानेपानी आयोजनामार्फत भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकाका आठ