रोकिएन मूल्यवृद्धि : चैतमा ७.२८ प्रतिशत पुग्यो | Khabarhub Khabarhub

रोकिएन मूल्यवृद्धि : चैतमा ७.२८ प्रतिशत पुग्यो

 सबैभन्दा बढी मूल्यवृद्धि घ्यू तथा तेलमा 


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा मूल्यवृद्धि निरन्तर उकालो लागेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो । 

चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ । 

चैत महिनामा औसत मुद्रास्फीति ५.६२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । 

२०७७ चैत महिनाको तुलनामा २०७८ चैत महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २८.३६ प्रतिशत, ११.५६ प्रतिशत, १०.५३ प्रतिशत र ८.९१ प्रतिशत रहेको छ । 

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र विविध वस्तु तथा सेवा उपसमूहको मुद्रास्फीति क्रमशः २०.१६ प्रतिशत, ८.७९ प्रतिशत र ८.१७ प्रतिशत रहेको छ ।

चैत महिनामा काठमाडौं उपत्यकामा ६.२५ प्रतिशत, तराईमा ७.६१ प्रतिशत, पहाडमा ७.७९ प्रतिशत र हिमालमा ८.२५ प्रतिशत मुद्रास्फीति रहेको छ । 

२०७७ चैतमा यी क्षेत्रहरुमा क्रमशः ३.२४ प्रतिशत, २.९२ प्रतिशत, ३.३८ प्रतिशत र १.५४ प्रतिशत मुद्रास्फीति रहेको थियो । 

२०७८ चैत महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १४.४२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१४ प्रतिशत रहेको थियो । 

चैत महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १७.०७ प्रतिशत, १४.१३ प्रतिशत र ७.२२ प्रतिशत रहेको छ । सोही महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५.२२ प्रतिशत रहेको छ । 

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ४ : ०० बजे

बचतकर्ताले जम्मा गरेको पैसा फिर्ता पाउनुपर्छ : माधव नेपाल

कास्की – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

मुद्दा जिताउने भन्दै एक करोड २८ लाख ठगी गरेको आरोपमा पक्राउ

काठमाडौं – काठमाडौं –निजगढ द्रुत मार्ग (फाष्टट्रयाक)को विचाराधीन मुद्दा जिताइदिने

भाइटीकाको शुभ साइत आइतबार ११:३७ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको

काश्मिरमा भारतीय सेनाबाट शङ्कास्पद विद्रोही मारिए

श्रीनगर – भारतीय सेनाले सोमबार कास्मिरमा एक शङ्कास्पद विद्रोहीलाई मारेको

भिनीले नजित्ने भएपछि रियलले बहिष्कार गर्‍यो ‘बालोन डि’ओर अवार्ड’ सेरोमनी

काठमाडौं- स्पेनिस महारथी रियल म्याड्रिडले सोमबार राति फ्रान्सको पेरिसमा हुना